त्रिचन्द्र क्याम्पस प्रमुख र निर्वाचन अधिकृतकाे कुर्सी तोडफोड
नेपालबहस संवाददाता
फागुन ३०, २०७९ मंगलबार १९:५६:६
३० फागुन, काठमाडौं । त्रिविको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन नजिकिँदै गर्दा क्यापसहरुमा विद्यार्थी संगठनहरुले विभिन्न माग राख्दै आगजनी र तोडफोडका घटना दोहोर्याइरहेका छन् ।
काठमाडौंका पुराना क्याम्पस घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा आज बिहान विद्यार्थीको एक समूहले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यकक्षमा तोडफोड गरेका छन् । तोडफोडबाट टेबल तथा कुर्सीहरु फुटाएका छन् । दराज, सीसा पनि फुटाएका छन् ।
विवादका कारण आउँदो ५ चैतमा हुने स्ववियू निर्वाचनका लागि मनोनयन दर्ता समेत हुन सकेको छैन । मनोनयन दर्ता तालिक यही फागुन २६ गते थियो । विद्यार्थी संगठनहरुले मतदाता नामावली प्रकाशनदेखि अन्य आवश्यक समन्वय नगरेको भन्दै नेविसंघसहितका विद्यार्थी संगठनहरु विरोध जनाउँदै आएका छन् ।
उनीहरुले क्याम्पस प्रशासका कर्मचारीहरुको राजीनामा माग गरेका छन् । निष्पक्ष रुपमा निर्वाचन हुने गरी वातावरण बनाउन समेत माग गरेका छन् । यसअघिदेखि नै त्रिचन्द्रमा पटकपटक तालाबन्दी, धर्नाका घटना हुँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार