कालोमोसो समूह राजनीतिक दलका युवा संगठनजस्तै हो : दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
फागुन ३०, २०७९ मंगलबार २१:४९:३६
३० फागुन, काठमाडौं । मेडिकल व्यापारी समेत रहेका अभियन्ता दुर्गा प्रसाईले आफूले गठन गरेको ‘कालोमोसो समूह’ अन्य राजनीतिक दलका युवा संगठन जस्तै भएको बताएका छन् ।
समूहका राष्ट्रिय संयोजक शम्भु थापालाई प्रहरीले पक्राउ गरेको विषयबारे जानकारी दिन आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईले दस्ताका संयोजक थापालाई पक्राउ गरेर सरकारले संविधानप्रदत्त अधिकारमाथि उल्लंघन गरेको आरोप लगाए ।
उनले पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’को नेतृत्व गरिरहेका छन् । संयोजक थापालाई पक्रेर मुलुकमा अराजकता देखाएको समेत आरोप लगाए । टिसर्टधारी कालोमोसो समूहलाई थप विस्तार गरिने उनको भनाइ थियो । समूह गठन गरेपनि कालोमोसो दल्ने घटनामा संलग्न नभएको उनको दाबी छ । जाजरकोटमा लघुवित्तका कर्मचारीलाई किस्ता लिने क्रममा कालोमोसो दलेको घटनामा जोडेर प्रहरीले थापालाई चितवनबाट पक्राउ गरेको थियो । उनी साधारण तारेखमा छुटिसकेका छन् ।
‘माओवादी वाईसीएल, एमालेले युवा संघ, कांग्रेसले तरुण दल बनाउन हुने, हामीले समाजका ज्यादतिविरुद्ध अभियान चलाउन कालोमोासो दस्ता बनाउन नपाइने भन्ने कहाँ छ र ?’ प्रसाईले प्रश्न गरे । उनले समूहसँग डर मान्नुपर्ने कारण नरहेकाे बताए ।
समाजमा रहेका सामन्त वर्गलाई राज्यले नै संरक्षण दिइरहेको बताउँदै उनले अब स्वतः स्फूर्तः रूपमा देशका हरेक गाउँ र ठाउँबाट सामन्तहरूलाई ठेगान लगाउने अभियान चल्ने बताए । अभियानले सर्वहारा वर्गको संरक्षण गर्ने उनको भनाइ थियो ।
लघु वित्तको चर्को ब्याज र मिटरब्याजीको विषयमा किस्ता लिन आए कालोमोसो दल्न उर्दी लगाउँदै आइरहेका प्रसाई पत्रकार सम्मेलनमा नरम रुपमा देखिए । उनले आफूले ऋण तिर्न सक्नेहरुलाई तिर्न आग्रह गरेको बताए । बैंक तथा लघुवित्तको ज्यादतिविरुद्धको आन्दोलन देशभर जारी रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेश प्रदेश सरकारका एमाले मन्त्रीहरूले बुझाए राजीनामा
चैत २१, २०७९ मंगलबार
शेयरबजार ५.२० अंकले घट्यो, १ करोडभन्दा बढीको कारोबार
चैत २१, २०७९ मंगलबार
अस्ट्रेलियामा टिकटक चलाउन प्रतिबन्ध
चैत २१, २०७९ मंगलबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार