ओस्कार अवार्ड नपाउनेलाई करोडौं मुल्यको ब्याग उपहार
नेपालबहस संवाददाता
फागुन ३०, २०७९ मंगलबार २२:१३:३३
३० फागुन, एजेन्सी । अधिकांश अवार्डमा विजेताले अवार्ड लगे पनि अन्य उपविजेता खाली हात घर फर्कन्छन् । तर यो मामलामा विश्व प्रतिष्ठित ओस्कार अवार्ड फरक छ । अवार्ड विजेताले गोल्डेन मूर्ति घर लगे पनि बाँकी उपविजेता खाली हात फर्कदैनन् । ओस्कारको राम्रो पक्ष यो हो ।
ओस्कारमा हरेक वर्ष मनोनयनमा पर्ने व्यक्तिलाई विशेष उपहार दिने गरिन्छ । यो उपहार ब्यागको मूल्य करोडौंमा पर्छ । तर ब्यागभित्र के कुरा छ, जसकारण यति महंगो मूल्य पर्छ भन्ने चासो सबैमा छ ।
यो वर्ष उपहार ब्यागको मूल्य १ लाख २६ हजार डलर रहेको छ । यो ब्यागका लागि ओस्कार आयोजक एक रुपैंयाँ पनि खर्च गर्दैनन् । जबकी यो ब्याग लसएन्जल्सको मार्केटिङ कम्पनी डिस्टिंक्टव असेटले वितरण गर्दछ ।
ब्याममा करिब ६० बढी आइटम राखिएका छन् । जसमा कैयौं किसिमको ब्यूटी प्रोडक्ट र लाइफस्टाइल सम्बन्धी उपहार, लग्जरी भ्याकेसनको प्याकेज हुन्छन् ।
साथै ४० हजार डलरको क्यानेडियन गेटअवेको किट पनि हुन्छ । मनोनयनमा परेका व्यक्तिहरुलाई लक्जरी भ्याकेसनको पासका माध्यमबाट अष्ट्रेलियाको क्वीन्सलेण्ड र इटालियन लाइट हाउसमा ८ व्यक्तिलाई बस्ने मौका पाउँछन् ।
यदि कसैको घर रिनोभेट गर्नुछ भने त्यो मेसन कन्स्ट्रक्सनका माध्यमबाट २५ हजार डलरमा गराउन सक्छन् । यो उपहारमा कैयौं कायाकल्प प्रोसिजर पनि हुन्छन्, जुन प्याकेजको हिस्सा पनि हो । उपहारमा करिब ५० प्रतिशत वस्तु महिलाहरु र अल्पसंख्यक कम्पनीबाट आउँछन् । यो वर्ष उपहार हवाइयन सुटकेसमा बाँडिएको थियो ।
उपहार ब्यागभित्र मिएजको स्किनकेयर प्रोडक्ट छन् । जसमा ब्लश सिल्क्सको एक सिल्क पिलोकेस, पेटाको एक ट्राभल पिलो र एरियएड्नी एथेन्स स्किन वेलनेस, अल बेटर कम्पनी, बोरेड रिबेल, डेली एनर्जी कार्ड्स, इफेक्टी–केल, काइण्ड रीजन कम्पनी, नोइङ्गलेब्सको उत्पादन पर्छन् ।
यो उपहार पाउनेलाई त्यो उपहार अस्वीकार गर्ने अधिकार पनि छ । गत वर्ष अभिनेता डेजल वासिङटन र जेके सिमन्सले यो उपहार च्यारिटीलाई दिएका थिए । सन् २००६ मा जर्ज क्लुनीले उपहारलाई लिलामी गराएका थिए । यो उपहार मनोनयनमा परेकालाई निःशुल्क दिइन्छ । तर यो उपहार पाउनेले आयकरका रुपमा सरकारलाई कर तिर्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनएमबि बैंकको चार अर्ब बराबरको ऋणपत्र बिक्री खुला
चैत २१, २०७९ मंगलबार
महाकालीमा डुङ्गा सञ्चालनमा एसएसबीले अवरोध गर्दा समस्या
चैत २१, २०७९ मंगलबार
अदालतद्वारा जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्षसहित पाँचजना भ्रष्टाचारी ठहर
चैत २१, २०७९ मंगलबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार