उपराष्ट्रपतिको निर्वाचन प्रचण्डका लागि राष्ट्रिय सहमतिको अग्निपरिक्षा
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार १६:५४:१४
१ चैत, काठमाडौं । राष्ट्रपतिमा राष्ट्रिय सहमतिको अडान लिएका नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दशदलबीच सहमति जुटाउन सकेपनि उपराष्ट्रपतिको निर्वाचनमा गठबन्धनभित्रबाटै दुई उम्मेदावारी परेपछि उनले भन्दै आएको राष्ट्रय सहमतिको विषय संकटमा परेको छ । चैत ३ गते हुनगइरहेको उपराष्ट्रिपतिको निर्वाचनमा मधेश केन्द्रित दुई दल जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबाट दुई उम्मेदवार खडा भएका छन् ।
उपराष्ट्रपतिकको उम्मेदवारी कायम गर्दा चार जनाको नै उम्मेदवारी कामय भएपनि जसपाकी उम्मेदवार प्रमिला कुमारीले नाम फिर्ता लिएकी छन् । जनमत पार्टीबाट उम्मेदवारी दिएकी ममता झाको भने उम्मेदवारी कायम नै छ । यी दुबै दल सत्ता गठबन्धनभित्र रहेका छन् । उनीहरुबीच मधेशको आन्तरिक राजीनितक विषयले विवाद कायम गरेको छ । यो विवाद मिलाउन प्रधानमन्त्री प्रचण्डले खासै प्राथमिकता दिएका छैनन् । उनले दुई दलका शीर्ष नेतालाई एक ठाउँमा राखेर राष्ट्रिय सहमति देखाउनका लागि पहल गर्न सक्ने अवस्था थियो ।
जसपाका अध्यक्ष उपेन्द्र यादवलाई उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा ल्याउनका लागि अन्य उपायहरु पनि हुनसक्ने थिए । तर, यसप्रति प्रधानमन्त्री प्रचण्डको ध्यान गऐका छैन । जसपा संसदीय दलका ननेतासमेत रहेका रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन लडेर प्रतिनिधिसभामा आउने रणनीति अनुसार अध्यक्ष उपेन्द्रले रामसहायलाई उपराष्ट्रपति बनाउन खोजेका छन् । उपेन्द्र यादव र जनमतका अध्यक्ष सिके राउतबीच ममता उपराष्ट्रपति भएको अवस्थामा उनले जितेको निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमा अध्यक्ष उपेन्द्रलाई जिताउने सहमति गरेको भएपनि पनि यो विवाद नआउने नेताहरु बताउँछन् ।
मन्त्रिपरिषद विस्तार गर्दा जनमत पार्टीलाई उपयुक्त मन्त्रालय दिने गरी पनि प्रधानमन्त्रीले सहमति जुटाउन सक्ने अवस्था थियो । तर, उनले यो विषयलाई महत्व नदिएको मधेशी नेताहरुको भनाइ छ । उपराष्ट्रपतिमा मधेशका दलहरुबीच असहमति हुँदा त्यसको असर विश्वासको मतमा पनि पर्ने अनुमान नेताहरुको छ । उपराष्ट्रपतिमा दशदलीय गठबन्धभित्र विवाद आउँदा प्रधानमन्त्री प्रचण्डले भन्दै आएको राष्ट्रिय सहमति विषयमाथि पनि प्रश्न उठेने अवस्था देखिएको छ । यी दुइ दलबीचको विवादबारे सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच गहन रुपमा छलफल पनि भएको छैन् ।
गठबन्धन कार्यदलको बैठक दुई पटक बसेपनि यसमा सहमति जुट्न सकेन । जनमत पार्टीले उपेन्द्र यादव नेतृत्वको जसपाले आफुहरुलाई उपराष्ट्रपतिमा सहयोग गर्नु पर्ने सर्त राखेको छ भने जसपाले पहलेनै आठदलबीच उपराष्ट्रपति पाउने सहमति भइसकेकाले यसलाई कार्यान्वयन गर्नुपर्ने अडान लिएको छ । उपराष्ट्रपतिमा सहमति नहुने देखेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डको राष्ट्रिय सहमतिको रटान उपराष्ट्रपति निर्वाचनमा परीक्षण हुने बताउन थालेको छ ।
एमालेका एक नेताले भने, ‘हिजो प्रचण्डले सरकारबाहिरको दललाई राष्ट्रपति दिए राष्ट्रिय सहमति हुन्छ भन्ने तर्क गर्नुभएको थियो । आज हामी सरकारमा छैनौं, राष्ट्रपतिको दल सरकारमा जान लागेको छ । प्रचण्डले सिर्फ आफ्नो सत्ता स्वार्थका लागि बोल्नुभएको हो वा साँच्चिकै सहमति खोजेको हो ? उपराष्ट्रपतिको निर्वाचनमा त्यो राष्ट्रिय सहमतिको रटान जाँच्ने बेला आएको छ । एमालेले आफ्नो हैसियत अनुसार उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार खडा गरेको छ । हाम्रो पार्टीले हिजो राष्ट्रिय सहमति भनेको थिएन । बरु सत्ता गठबन्धनको मात्र सहमति खोजेको थियो । उपराष्ट्रपति निर्वाचनमा अरु दल र र एमालेको गणित स्पष्ट छ । हामीले एमालेले आफ्नो हैसियत अनुसार आफ्नो उम्मेदवार खडा गरेका छौं । सबै दलसँग हाम्रा उम्मेदवारको पक्षमा मतदानका लागि अनुरोध गरेका छौं ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार