पद धरापमा परेका प्रदेश प्रमुखहरूले भेटे प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार १७:४०:४६
१ चैत, काठमाडौं । विश्वासको मत र मन्त्रिपरिषद विस्तारको काम सकिए लगत्तै प्रदेश प्रमुखहरु फेर्ने सत्ता गठबन्धनको तयारी रहेकै अवस्थामा प्रधानमन्त्री पुषपकमल दाहाल ‘प्रचण्ड’सँग प्रदेश प्रमुखहरुले सामुहिक भेट गरेका छन । प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले दिएको जानकारी अनुसार प्रदेश प्रमुखहरुले प्रदेशमा देखिएका समस्याबारे जानकारी गराउन प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।
बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटका क्रममा प्रदेश प्रमुखहरुले प्रदेश सरकारका समस्याहरुलाई जानकारी गराएका थिए । उनीहरुले संघीय सरकारले बनाउन कतिपय कानुन र योजनाका कारण प्रदेशमा रहेका सरकारहरु अन्योलमा परेको बताएका थिए । पुष १० मा नेकपा एमालेको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बनेपछि प्रदेश सरकारहरु गठन भएका थिए । तर, अहिले समीकरण बदलिएर बनेको सत्ता गठबन्धनले संघीय सरकारको बिस्तारपछि नै प्रदेशमा सरकार फेरबदलको तयारी गरेको छ ।
प्रायः प्रदेशहरुमा यसअघिको सरकारको नतृत्व गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सरकारले परिवर्तन गरेका प्रदेश प्रमुखहरु अहिले पनि कार्यरत छन् । उनीहरु पद थमौतिका लागि प्रधानमन्त्रीसमक्ष आएको बताइएको छ । नीतिगत नभई व्यक्तिगत उदेश्य बोकेर काठमाडौं आएका प्रदेश प्रमुखहरूले आज बिहान प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गरेर आफ्ना समस्या राखेका छन् ।प्रधानमन्त्री र प्रदेश प्रमुखहरूबीच भेटवार्ताबारे उनको सचिवालयले प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा पनि कुराकानी भएको जनाएको छ ।
देउवा नेतृत्वको सरकारले यसअघि सातै प्रदेशका प्रदेश प्रमुख फेर्ने लिएको थियो ति प्रदेश प्रमुखहरु पनि फेर्ने तयारी अहिले भइरहेको छ । सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुबीच प्रदेश प्रमुख फेर्ने विषयमा छलफलसमेत भइरहेको छ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरुले प्रदेशमा दलअनुसार प्रदेश प्रमुख फेरबदल गर्ने रणनीति बनाएका छन् । यसअघि सत्तारोहण गरेको १५ दिनमै शेरबहादुर देउवाले पूर्ववर्ती सरकारले नियुक्ति गरेका प्रदेश प्रमुख हटाउने भन्दै राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।
२०७२ मा संविधान जारी भएसँगै ०७४ मंसिरमा पहिलो पटक प्रदेशसभा सदस्यको निर्वाचन भएको हो । चुनावपछि संघीय संरचना अनुरुप प्रदेश प्रमुखको अभ्यास कार्यान्वयन गर्दा सरकारको प्रधानमन्त्रीमा देउवा नै थिए । ३ माघ ०७४ मा पहिलोपटक सरकारले ७ वटै प्रदेशमा प्रमुखहरू नियुक्ति गरेको थियो । तर, ती प्रदेश प्रमुख दुई वर्ष पनि नपुग्दै दुईतिहाइ बहुमतसहितको ओली सरकारले बर्खास्त गरेर नयाँ नियुक्ति गरेको थियो । अहिलेसम्म कुनै पनि प्रदेशका प्रदेश प्रमुखले पूर्णकार्यकाल काम गर्न पाएका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
सर्वसाधारणले खरिद गर्न मिल्ने शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार