कालिज फार्ममा २ कामदारलाई घाइते बनाएर भागेकाे चितुवा मृत फेला
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार १७:५८:३८
१ चैत, पोखरा । कास्कीकाे रूपा गाउँपालिकामा दुई जनालाई आक्रमण गरेर घाइते बनाउने चितुवा मृत फोला पारेको छ । चितुवाले आज बिहान रुपा गाउँपालिका-४ का २८ वर्षीय श्रीकृष्ण मल्ल र पोखरा १८ बस्ने ३२ वर्षीय राजेश तिमिल्सिनालाई घाइते बनाएका छन् ।
उनीहरूको उपचारका लागि पोखराको मेट्रोसिटी अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । पोखरा महानगरपालिका १८ भकुण्डेस्थित कालिज फार्ममा बुधबार बिहान करिब साढे ७ बजेतिर अचानक चितुवा पसेर कालिज र त्यहाँ काम गरिरहेका मल्ल र तिमिल्सिनामाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । केही संख्यामा कालिजसमेत मरेको पाइएको छ ।
घटनापछि ‘स्थानीय, प्रहरी र वन कार्यालयको टोलीले नियन्त्रणमा लिने प्रयास गरिरहेको बेला चितुवा झाडीमा मृत फेला परेको प्रहरीले जनाएको छ । चितुवालाई त्यहाँबाट उठाएर वन कार्यालयको जिम्मा लगाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
फिल्म 'गेम चेन्जर'को प्रि-रिलिजमा रामचरणका दुई फ्यानको मृत्यु
पुष २३, २०८१ मंगलबार
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
अस्ट्रेलियासहित अन्य १० देशमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार