गोंगबु क्षेत्रका घर टहरा खाली गराउन काठमाडाैं महानगरको १५ दिने अल्टिमेटम
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार १९:१६:६
१ चैत, काठमाडौं । काठमाडौं महानगपालिले वडा नं. २६ को गोंगबु क्षेत्रमा गिल्फ रियल स्टेट प्रालिको नाममा रहेको जग्गामा बिना नक्सा पास नगरी बनाइएका २६ घर टहरा खाली गराउन १५ दिने अल्टिमेटम दिएको छ ।
बुधवार एक दैनिकमा सूचना प्रकाशन गर्दै महानगरले नक्सा पास नगरी निर्माण गरी विभिन्न व्यवसाय िसंचालन गर्दै आइरहेका व्यक्ति र कम्पनीको नाममा सूचना जारी गरेको हो ।
व्यवसायीहरुले सम्पत्ति हकसम्बन्धी अधिकार प्रयोगबाट जग्गाधनी वञ्चित रहेको उल्लेख गर्दै १५ सूचना प्रकाशन भएको १५ दिनभित्र सम्पूर्ण घर टहरा खाली गराई कानूनको पालना गर्न भनिएको छ ।
व्यवसायीहरुले करिब २ वर्षदेखि भाडा रकम नतिरी, जबरजस्ती स्थान ओगटेर बसिरहेको र भाडा रकम माग्दा विभिन्न धाक धम्की दिएको उल्लेख छ । व्यवसायीहरुलाई १५ दिनभित्र २६ नंं वडा कार्यालयमा उपस्थित हुन समेत भनिएको छ ।
व्यवसायीहरुले प्रालिको नाममा दर्ता कायम रहेको कि.नं. २२७, ७७, २९०, २९२, २९४, २२४, २२६, २९५ र ७९ मा नक्सा पास नगरी घर टहराहरू बनाइ जबर्जस्त रुपमा बस्दै आइरहेको जनाइएको छ ।
भाडा नतिरी घर टहरामा व्यवसाय सञ्चालन गर्ने २६ जना व्यक्ति तथा संस्थाको नाम समेत सार्वजनिक गरिएको छ । त्यसमा आईएमई कम्पनी समेत परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
प्रदेश सिमानामा ‘चेकपोस्ट’ निर्माण गर्दै बागमती प्रदेश
पुष २०, २०८१ शनिबार
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न १५ करोड बजेट दिने निर्णय
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार