‘गुण्डा नाइके’ चक्रे मिलनविरूद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ सकियो
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार १९:५७:५७
१ चैत, काठमडौं । सर्वोच्च अदालतमा ४ वर्षदेखि विचाराधीन रहेको ‘गुन्डा नाइके’ चक्रे मिलन भनिने मिलन गुरुङको सम्पत्ति शुद्धीकरणको मुद्दामा आज सुनुवाइ सकिएकाे छ ।
शुद्धिकरण मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि सरकारी वकिल कार्यालयको रायसहित सम्पत्ति शुद्धिकरण विभागले विशेषको फैसला बदरको मागसहित २०७५ जेठ ३० मा सर्वोच्चमा दायर गरेकाे पुनरावेदन रिटमा बुधबार सुनुवाइ भएको हाे । पेसी पालाे पहिलाे नम्बरमा परेकाे छ ।
पटकपटक पेसी सर्दै आइरहेको अवस्थामा योपटक भने सुनुवाई भएको छ । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भएको हो । आदेश आउने बताइएको छ ।
विभागले सीआईबीको अनुसन्धान प्रतिवेदनको आधारमागुरुङ ५ जना ‘गुन्डा नाइके’हरु गणेश लामा, पर्शुराम बस्नेत, अभिषेक गिरी र दीपक मनाङ्गे भनिने राजीव गुरुङविरुद्ध २०७० जेठ ५ गते विशेष अदालतमा अवैध तरिकाले अकूत सम्पत्ति जोडेको आरोपमा मुद्दा दायर गरेको थियो ।
चक्रे मिलनले ८ करोड रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबी अभियोग पत्र छ । तर विशेषले अभियोग पुष्टी हुन नसकेको भन्दै २०७४ माघ १० मा भएको सुनुवाइपछि मिलन चक्रेलाई सफाइ दिने फैसला गरेको थियो । सो फैसला बदर गर्न सर्वोच्चमा दायर रिटमा माग गरिएको छ ।
पाँच जनामध्ये गण्डकी प्रदेशसभा सदस्य समेत रहेका दिपक मनाङेले भने सरकारी पक्षले सर्वोच्चमा पुनरावेदन नगरेपछि उनले उन्मुक्ति पाएका थिए ।
मिलनलाई एमालेकाे क्षेत्रीय कमिटीले गएको मंसिरमा भएको प्रतिनिधिसभाको चुनावमा गोरखा २ बाट सांसद उम्मेदवारमा समेत सिफारिस गरेको थियो । पछि केन्द्रले अब्दुस सलाम मियाँलाई टिकट दिएकाे थियाे । उनी पराजित भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंक्रमणकालीन न्यायसम्बन्धी ऐन बदरको माग राखेर सर्वोच्चमा ४४ जनाले दिए रिट निवेदन
पुष २१, २०८१ आइतबार
सर्वोच्च अदालत बार एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै
पुष २०, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार