राष्ट्रपति पौडेलसँगको भेटमा उपसभापति गुरूङले भने- ‘सवारीका बेला गरिने तामझामलाई तोड्नुस्’
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार २०:४२:१३
१ चैत, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन् । उपसभापति गुरुङले बुधबार शीतलनिवास पुगेर बधाई एवं शुभकामना दिएका हुन् ।
सो क्रममा गुरुङले राष्ट्रपतिको सवारीका बेला गरिने परम्परागत तामझामलाई तोड्न सुझाव दिएका छन् । सर्वसाधारणले पचाउन सक्ने तवरले सवारी सुरक्षाको प्रबन्ध अपनाउन र तामझाम गरेर सर्वसाधारणलाई दुःख दिने विगतका घटना नदोहोर्याउन सुझाव दिएको गुरुङको सचिवालयले जनाएको छ ।
जवाफमा राष्ट्रपति पौडेलले आफू त्यसमा प्रतिबद्ध रहेको बताएको सचिवालयले जनाएको छ । पौडेल गएको फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका थिए । उनले यही सोमबार मात्र पँच वर्षे कार्यभार सम्हालेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार