रासायनिक मलमा मूल्य वृद्धिको चर्काे विरोध, काठमाडाैंमा प्रदर्शन
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार २१:१५:५१
१ चैत, काठमाडौं । सरकारले अप्रत्यासित रुपमा रासायनिक मलमा बढाएको मूल्य फिताको माग गर्दै काठमाडौ.मा विरोध प्रदर्शन भएको छ ।
बुधबार राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले राजधानीको माइतीघर मण्डलामा जम्मा भएर मूल्य वृद्धिको माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजीसहित प्रदर्शन गरेका छन् । उनीहरुले टाउकोमा कालो कपन बाँधेर सडकमा धर्ना बसेका छन् । प्रदर्शनमा सयौंको संख्यामा किसानहरु सहभागी भएका छन् । उनीहरुले सरकारले किसानलाई खेतीबाट विस्थापित गराउने षडयन्त्रपूर्वक योजनावद्ध रुपमा अनावश्यक मूल्य बढाएको भन्दै आक्रोश व्यक्त गरे ।
प्रदर्शनकारीले ‘जनविरोधी सरकार चाहिँदैन, मूल्य वृद्धि खारेज गर, मल सहज आपुर्ति गर’ जस्ता नारा लगाए । सरकार यही सोमबार मलमा दिइँदै आएके ७० प्रतिशत अनुदानलाई ५९ प्रतिशतमा झार्दै युरिया मलमा प्रतिकेजी १४ रुपैयाँ बढाएर २५ पुर्याउने निर्णय गरेको थियो ।
पोटास र डीएपीमा पनि भारी मात्रामा मूल्य बढाएको छ । किसानले वर्षौदेखि नै समयमा मल नपाउने र कालो बजारियासँग चर्को मूल्यमा मन किन्नुपर्ने आवस्था भत्काउनुको साटो सरकार मूल्य वृद्धिमा लागेपछि चौतर्फी विरोध सुरु भएको छ ।
सरकार भने अमृेरिकी डलरको भाउ बढेर अन्तर्राष्ट्रिय क्षेत्रमा मलको मूल्यमा वृद्धि भएको कारण मुख्य रहेको तर्क गर्दै आएको छ । तर विज्ञहरुले सरकारको तर्क मान्न तयार देखिँदैनन् ।
प्रदर्शनकाे नेतृत्व राप्रपा नेपालकाे किसान संगठनले गरेकाे थियाे । उनीहरूले किसानविराेधी निर्णय फिर्ता नभएसम्म प्रदर्शन कायम रहने बताए ।आन्दोलनकारीले ३ चैतमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
यस वर्ष ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान
पुष १९, २०८१ शुक्रबार
एकै परिवारद्वारा एक वर्षमा ३४ लाखको अलैँची उत्पादन
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार