रोटरी क्लबको राष्ट्रिय सम्मेलन आगामी शुक्रबार र शनिबार राजधानीमा हुने
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार २२:२७:२
१ चैत, काठमाडौं । रोटरी क्लब डिस्ट्रिक्ट ३२९२ ले आगामी शुक्रबार र शनिबार राजधानीमा राष्ट्रिय सम्मेलन गर्नेभएको छ । सम्मेलनमा ७२ जिल्लाका एक सय ५५ क्लबका प्रतिनिधि सहभागी हुने डिस्ट्रिक्ट गभर्नर जीतेन्द्रराज राजभण्डारीले जानकारी दिए । स्वार्थभन्दा माथि उठेर समुदायका सेवा गर्ने उद्देश्यले एक सय ८८ वर्षअघि रोटरी क्लबको सुरुआत् भएको थियो । क्लबले विपन्न वर्गको समुदायमा शिक्षा, स्वास्थ्य र खानेपानीलगायत क्षेत्रमा काम गर्दै आएको छ ।
रोटरी क्लबले विद्यालयमा बालिकामैत्री शौचालय निर्माणलाई प्राथमिकता दिएको छ । पोलियो उन्मूलनमा सरकारलाई विशेष सहयोग गरेको क्लबले स्वास्थ्य संस्थामा स–साना उपकरण दिने गरेको छ ।
क्लबले वातावरण संरक्षणका लागि वृक्षरोपण अभियानलाई प्राथमिकतामा राखेको छ । सौराहालाई प्लाष्टिकमुक्त क्षेत्रका रुपमा विकास गर्न क्लबले विशेष अभियान चलाएको छ । व्यक्तिले जे कमाउँछ त्यही योगदान गर्ने रोटरीको लक्ष्य छ । रोटरीमा लाग्नेले जे कमाएका हुन्छन्, समाजलाई त्यही दिने गरेको सम्मेलनका प्रेस संयोजक सुरेश आचार्य बताउछन ।
धादिङको ज्वालामुखी गाउँपालिकाको दुर्गम बस्तीका मानिसलाई खानेपानी लिन चार घण्टा लाग्ने गरेकामा क्लबको सहयोगमा नजिकै धारा बनाइएको छ । यसबाट एक हजार १०० भन्दा बढी जनसङ्ख्या लाभान्वित भएको क्लबले जनाएको छ ।
महिला सशक्तीकरणका लागि शिक्षालाई नै पहिलो शर्तका रुपमा लिएर बालिकालाई शिक्षा दिन प्रेरित गर्ने अभियान पनि क्लबले चलाएको छ । यो अभियान अन्तर्गत एउटा क्लबले विपन्न वर्गका १० बालिकालाई अभिवाकत्व ग्रहण गरी शिक्षा दिने नीति बनाइएको छ । रोटरी अभियानमा लागेका सदस्यले सहयोग जम्मा गरेपछि त्यसमा थप सहयोग अन्तर्राष्ट्रियस्तरका रोटरी अभियानकर्मीबाट आउने गरेको छ ।
नेपालीले रू एक सय जम्मा गरे अन्तर्राष्ट्रियस्तरका रोटरी अभियानकर्मीबाट रू आठ सय सहयोग आउने गरेको प्रेस संयोजक आचार्यले जानकारी दिए । रोटरी क्लबमा समाज सेवा गर्न चाहनेले कार्यसमितिमा एक वर्षमात्र बस्ने व्यवस्था छ । उक्त वर्षभर विभिन्न ठाउँमा हुने कार्यक्रममा जाँदा । आउदाको बस भाडा, बस्ने खाने खर्च क्लबका सदस्यले आफैँ व्यहोर्नुपर्ने नियम बनाइएको छ । समुदायमा गरिने सहयोगबाट त्यो व्यहोरिँदैन ।
शुक्रबारदेखि राजधानीमा हुने दुई दिने सम्मेलनमा जनसरोकारका विभिन्न विषयमा बहस गराउने तयारी पनि क्लबले गरेको छ । बहसमा सम्बन्धित क्षेत्रका विज्ञले मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, विकास निर्माण, शान्तिलगायत विषयमा छलफल गरिनेछ । करिब एक हजार पाँच जना रोटरी अभियानकर्मीको सहभागिता रहने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक पृथ्वीराज वैद्यले जानकारी दिए । क्लबले थापाथलीमा भवन बनाउन सात जना पूर्वगभर्नरको समिति गठन गरेको जनाएको छ ।
रोटरीको हाल नेपालमा एउटैमात्र डिस्ट्रिक्ट क्लब छ । यसअन्तर्गत एक सय ५५ क्लब र छ हजारभन्दा बढी सदस्य छन् । यो डिस्ट्रिक्ट क्लब पनि सन् २००८ मा गठन भएको हो । रोटरी अभियानकर्मीका लागि वर्ष दिनमा एकपटक हुने सम्मेलन भेटघाट एवं अनुभव आदानप्रदान गर्न महत्वपूर्ण मञ्च मानिन्छ ।
सम्मेलनमा रोटरीको अन्तर्राष्ट्रिय फाउन्डेसनका प्रतिनिधिको पनि सहभागिता रहने छ । प्रत्येक वर्ष परिवर्तन हुने कार्यसमितिले आफ्नो कार्यकालमा एकपटक राष्ट्रिय सम्मेलन आयोजना गर्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउखु खेतीको इतिहास र पहिचानलाई जीवन्तता दिन खुदो मेला
पुष १५, २०८१ सोमबार
पर्यटकीय राजधानीमा सडक महोत्सवको रौनक
पुष १५, २०८१ सोमबार
जल, जमिन र आकाश लक्षित महोत्सवले गुलजार पोखरा
पुष १४, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार