उपराष्ट्रपति निर्वाचन पनि बहिष्कार गर्ने राप्रपाकाे निर्णय
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार २२:५४:२०
१ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले उपराष्ट्रपति निर्वाचन पनि बहिष्कार गर्ने निर्णय गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यसअघि २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा पनि राप्रपा सहभागी भएको थिए । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि राप्रपाका १४ संघीय सांसद र २८ प्रदेशसभा सदस्य मतदाता छन् ।
बैठकले सरकारले किसान दिँदै आएको रासायनिक मल अनुदान कटौती र मूल्य वृद्धि गर्ने सरकारको निर्णय अमानवीय भनेको छ । यो निर्णय तत्काल फिर्ता लिएर सहज रुपमा किसानलाई मल उप्लब्ध गराउन सरकारसँग माग गरेको छ ।
यस्तै राप्रपाले मलका विषयमा पार्टीको ७७ वटै जिल्ला समितिले एक हप्ताभित्र प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, प्रशासन कार्यालयमा धर्ना दिने र देशभर विरोधसभा गर्ने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताए ।
बैंक तथा वित्तीय संस्थाहरुले ऋणीसँग उठाइरहेको ब्याजदर तत्काल नियन्त्रण गर्न पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । आन्दोलनकारीहरुको माग सम्बोधन गर्न माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार