डीडीसीले बढायो दूधको उपभोक्ता मूल्य प्रतिलिटर ११ रुपैयाँ
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार २३:११:५६
१ चैत, काठमाडौं । सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि गरेको छ । बिहीबारदेखि लागू हुने गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयको लिखित सहमतिमा दूधको उपभोक्ता मूल्य बढाउने निर्णय गरिएको संस्थानका महाप्रबन्धक सञ्जिव झाले बताए । ८६ रुपैयाँ कायम रहेको मूल्य अबदेखि ९७ रुपैयाँ हुने उनले बताए ।
सरकारले गएको फागुन २६ मा वृद्धि गरेको दूधको किसानी मूल्य पनि बुधबार १ चैतदेखि लागू गर्ने निर्णय गरिएको उनले बताए । सरकारले किसानको दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ १० पैसा बढाउने निर्णय गरेको छ । वृद्धि मूल्य अनुसार अबदेखि किसानले एक लिटर दूधको मूल्य ६५ रुपैयाँ पाउनेछन् ।
दही, पनिर, घ्यू लगायतका दुग्ध पदार्थको मूल्य भने केही दिनमा तय गरिने उनले बताए । निजी डेरी कम्पनीहरुले भने सरकारले निर्णय गरेको भोलिपल्ट देखि नै प्रतिलिटर १४ रुपैयाँ बढाएर एक सय रुपैयाँ पुर्याइसकेका छन् ।
हरेक दुई दुई वर्षमा मात्र दूधको मूल्य बढाउन पाइने नियम भएपनि दूध उत्पादनमा कमी आएको कारण देखाउँदै एक वर्षमै डीडीसीले समेत उपभोक्तामारा नीति लिएको भन्दै विरोध भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभिजीबिलिटी कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित
पुष २१, २०८१ आइतबार
नेपाल सरकारको साझेदारीमा सुरु आयोजनाका लागि पौने ७ अर्ब थप्ने एमसीसी बोर्डको निर्णय
पुष १९, २०८१ शुक्रबार
बाह्र निर्माण कम्पनी कालोसूचीमा
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार