मालदार अड्डामा काम गरेका हाकिमलाई अध्यागमन विभागको जिम्मेवारी
नेपालबहस संवाददाता
चैत २, २०७९ बिहिबार १७:४४:१४
२ चैत, काठमाडौं । लामो समय मालदार अड्डा मानिने सरकारी विभागहरुको नेतृत्व गरेर आएका सहसचिव झलकराम अधिकारीलाई कर्मचारी जीवनमै पछाडी फर्केर हेर्नु परेको छैन । निजामति प्रशासनभित्र मालदार अड्डाका रूपमा चिनिएका ‘अखडा’हरू सीमित भएपनि ती सबै अखडा भ्याएर पछिल्लो पटकको सरुवाबाट अधिकारी अध्यागमन विभागको महानिर्देशक हुन आइपुगेका छन् । हुन त त्रिभुवन विमानस्थलदेखि देशभरका अध्यागमन कार्यालयहरु सञ्चालन गर्न पाउने अड्डा पनि कमजोर मानिदैन । उनी अहिले त्यसकै प्रमुख छन् । त्यहाँ आउन पनि राजनीतिक शक्तिकेन्द्रको ठूलै आडभरोसा आवश्यक पर्छ । सेटिङ मिलाएर सेटिङ गर्ने ठाउँमा उनी आइपुगेको स्रोतले जनायो ।
नेपालमा आएर अनेकन आपराधिक धन्दामा संलग्न भइरहेका विदेशीहरूलाई दण्डित गर्न पनि यस विभागको ठूलो भूमिका हुन्छ । जस्तो कि पछिल्लो समय चीन, भारत, पाकिस्तानदेखि युरोप, अमेरिकासम्मका नागरिकहरूले नेपाल भूमि र नेपाली नागरिकलाई प्रयोग गरेर अपराधिक धन्दाको जालो फिँजाइरहेका छन् । उनीहरूलाई कानुनी दायरामा ल्याउन अध्यागमन विभागको महत्त्वपूर्ण भूमिका हुने भएपनि अहिले अधिकारीले विभागको प्रमुख सम्हालेपछि त्यस्ता कुनै प्रकारका कारवाही भएका छैनन् ।
सहसचिव अधिकारी अध्यागमन विभागलाई पुनर्संरचना-सुधार गर्न, सुशासन एवं सदाचार कायम गर्न गएका हुँदै होइनन्, ‘सेटिङ’ मिलाएर कमाउन गएका हुन् भन्नेहरू कर्मचारी वृत्तमा धेरै छन्। रोचक त के भने आन्तरिक राजश्व विभाग, सहकारी विभाग, ठूला करदाता कार्यालय, राजश्व अनुसन्धान विभाग र अध्यागमन विभाग एउटै प्रकृतिका कार्यालय होइनन् । आन्तरिक राजश्व विभाग, ठूला करदाता कार्यालय, राजश्व अनुसन्धान विभागमा काम गर्न प्रचुर मात्रामा राजश्वको ज्ञान, विज्ञता एवं दक्षता आवश्यक हुन्छ । यता अध्यागमनमा चाहिँ गृह प्रशासनको ।
अधिकारी र उनी जस्ता निजामती सेवाको आडमा राज्यलाई दोहन गर्न पल्किएका सीमित पात्रहरूका लागि कर प्रशासनदेखि अध्यागमन धान्ने क्षमता उनीहरूसँग मात्र छ । अध्यागमन विभागको प्रमुख भएर जानु अघि अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थिए । त्यस अघि १ असार ०७९ मा अधिकारी राजश्व अनुसन्धान विभागको महानिर्देशक भएका थिए । १६ कार्तिक ०७९ मा राजश्व अनुसन्धान विभागबाट अधिकारीको सरुवा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको थियो । अध्यागमन विभाग गृह मन्त्रालय मातहत हो । त्यस विभागको महानिर्देशक हुन धेरै सहसचिवहरूबीच ठूलै तँछाडमछाड हुन्छ । कतिसम्म भने कतिपय त बोलकबोल गरेर जानसमेत तयार हुन्छन् । उनी भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट गृह मन्त्रालयमा सरुवा भएकै भोलिपल्ट अधिकारीले अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी पाएका थिए ।
गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै प्रत्यक्ष निर्देशनमा अधिकारी अध्यागमन विभागका महानिर्देशक बनेका हुन् । नेपालमा मानव तस्करको बिगबिगी नै छ । वैदेशिक रोजगारी, शिक्षालगायतका बहानामा मानव बेचबिखन भइरहेको छ । गरिबी र बेरोजगारीको चपेटामा परेका महिला, गरिब परिवारका बालबालिका र कतिपय पुरुष पनि बेचबिखनमा पर्छन् ।
पछिल्ला एक दशकयता रोजगारीका नाममा महिला मात्र होइन, पुरुषसमेत मानव बेचबिखनमा परिरहेका छन् । पुरुष मानव बेचबिखनमा परे पनि समाजमा इज्जत जाने डरले आफ्नो पहिचान लुकाउने गरेका छन् । तस्करीमा परेका पुरुष ठूलो रकम आर्थिक शोषणमा समेत पर्छन् । मानव तस्करीको सञ्जाल गाउँदेखि छिमेकी मुलुक भारत हुँदै विभिन्न देशसम्म फैलिएको छ । ठूला तस्करी विदेशमा बसेर नेपालमा एजेन्ट राखेर काम गर्दै आएका छन् । नेपालबाट पछिल्लो समय भारतभन्दा अन्य देशमा मानव बेचबिखन भइरहेको छ ।
भारत हुँदै खाडीका देश, मलेसिया, युरोपेली मुलुक, अफ्रिकासँग अमेरिका, अस्ट्रेलिया, क्यानडामा समेत नेपाली तस्करी भइरहेका छन् । यो क्षेत्रमा ठूलो मानव बेचबिखन भइरहेको छ । रोजगारी र अध्ययनका नाममा नीतिगत रूपमा नै मानव बेचबिखनले प्रश्रय पाउँदै आएको छ । यो विषयमा सरकारले चाँडै गम्भीर भएर काम नगरेर भविष्यमा ठूलो समस्या निम्त्याउने भएपनि विभागका प्रमुखकै निर्दैशनमा ठूलो संख्यामा मानवतस्करीलाई छुट हुने गरेको स्रोतको दावी छ । जानकारको भनाइ अनुसार प्रचण्डकै जन्म जिल्ला कास्कीका अधिकारी लेखा समूहबाट निजामती सेवामा प्रवेश गरेका थिए ।
पछि प्रशासन समूहबाट उपसचिवमा नाम निकालेका उनी ०७२ मा सहसचिव भए । त्यसपछि उनले प्रचण्डै आडमा यस्तै अखडामा बसेर अनुचित लाभ लिने गरेका छन् । ‘सहसचिव नहुँदै अधिकारी आन्तरिक राजस्व विभागको उपमहानिर्देशक भएका थिए । सहसचिव भए यता वातावरण विभागको महानिर्देशक, सहकारी विभाग रजिष्ट्रार, ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक, राजस्व अनुसन्धान विभागको महानिर्देशक र अहिले अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारीमा छन् ’, स्रोतले भन्यो । जानकारका अनुसार एनसेलको कर ठगीलाई उन्मुक्ति दिने उच्च सरकारी अधिकारी मध्येका झलकराम अधिकारी पनि हुन् । त्यसबेला उनी ठूला करदाता कार्यालयकै प्रमुख कर प्रशासक थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
मन्त्रिपरिषद बैठकले गर्यो ६० जना सहसचिवको सरुवा
जेठ १, २०८१ मंगलबार
गृह मन्त्रालयले भन्यो, ‘अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’
बैशाख २४, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार