द एलिफेन्ट व्हिस्पर्सले ओस्कार जितेपछि राहतको घोषणा
नेपालबहस संवाददाता
चैत २, २०७९ बिहिबार १८:२१:१०
२ चैत, एजेन्सी । गत मार्च १३ मा भएको ओस्कार अवार्ड २०२३ मा ‘द एलिफेन्ट व्हिस्पर्स’ले ‘बेस्ट डकुमेन्ट्री फिल्म’को अवार्ड जित्यो । फिल्मको यो सफलता देखेपछि तमिलनाडु सरकारले हात्ती र उसको हेरचाह गर्नेहरुको पक्षमा फैसला लिएको छ ।
सरकारले योजनाअनुसार अब ८ करोड रुपैंयाँ लागतमा कोयम्बटूर चावडीमा अत्याधुनिक सुविधासहितको नयाँ हात्ती शिविर बनाइनेछ । मुख्यमन्त्री एमके स्टालिनले हात्तीको सुरक्षा गर्ने हेरालुलाई मुख्य मन्त्री राहत कोषबाट जनही १ लाख रुपैंयाँ दिने घोषणा गरेका छन् ।
फिल्ममा मुदुमलाई टाइगर रिजर्भका केयरटेकर जोडी बोमन र बेली लिडले प्रमुख भूमिका निभाएका छन् । उनीहरुको अभिनयको सराहना गर्दै तमिलनाडु सरकारले राज्यको २ शिविरको सबै ९१ हात्तीका माउतेलाई मुख्यमन्त्री राहत कोषबाट जनही १ लाख दिन लागिएको हो ।
सरकारले प्रख्यात अन्नामलाई टाइगर रिजर्भमा हात्ती शिविर बनाउनका लागि ५ करोड रुपैंयाँ दिएको छ । सरकारले त्यो रकमले हात्तीलाई संरक्षण गर्ने जनाएको छ ।
फिल्ममा कार्तिकी गोन्जाल्विसको निर्देशन र गुनित मोंगाको निर्माण छ । ३९ मिनेटको यो सर्ट फिल्ममा मानिस र जनावरबीचको सम्बन्धलाई देखाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार