आसिफको कीर्तिमानी शतकमा नेपाललाई ३११ रनको लक्ष्य
नेपालबहस संवाददाता
चैत २, २०७९ बिहिबार १९:३७:५५
२ चेत, काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स ९युएई०ले नेपाललाई जितका लागि ३११ रनको विशाल लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रनको विशाल योगफल बनाएको हो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक यति ठूलो रनको लक्ष्य प्राप्त गरेको हो ।
युएईका लागि आसिफ खानले शतक प्रहार गरे । कूल ४२ बल खेलेका उनले ११ छक्का र चार चौकाको मद्दतमा अविजित १०१ रनको योगदान गरे । यसैगरी युएईका अर्का खेलाडी भृत्य अरविन्दले ९४ रन जोडे । कूल १३८ बल खेलेका उनले दुई छक्का र आठ चौकाको मद्धतमा ९४ रनको योगदान दिएका हुन ।
त्यस्तै यूएईका कप्तान मोहम्मद वसीमले पनि अर्धशतक प्रहार गरे । उनले ४३ बलमा छ छक्का र दुई चौका प्रहार गर्दै ६३ रन बनाए । साथै रोहन मुस्तफाले २० रन र आर्यन लाक्राले छ रन बनाए । सिपी रिजवानले सात रन बनाए भने आयन अफजल खानले तीन रन जोडे । बलिङतर्फ नेपालका दीपेन्द्रसिह ऐरीले दुई विकेट लिए भने सन्दीप लामिछाने, ललित राजबंशी र सोमपाल कामीले समान एक ÷एक विकेट लिए ।
सन् २०१९ देखि सुरुआत भएको आइसीसी विश्वकप लिग(२ को अन्तिम खेल नेपालका लागि निर्णायक मानिएको छ । यस खेलमा नेपाल विजयी भए शीर्ष तीनभित्र पर्दै आगामी वर्ष जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । यदि नेपाल युएईसँग पराजित भएको खण्डमा यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने छ । नेपाल पराजित भए नामिबियाले विश्वकप छनोट खेल्न पाउने छ ।
नेपाल लिग-२ का ३५ मध्ये १८ मा जित र १५ मा हारसहित ३८ अङ्कका साथ नेपाल तालिकाको चौथो स्थानमा छ । त्यस्तै नामिबिया ३९ अङ्क जोड्दै तेस्रो स्थानमा छ भने ३५ अङ्क जोडेको अमेरिका पाँचौँ स्थानमा छ । युएई ३५ खेलमा ३३ अङ्कका साथ छैटौँ स्थानमा छ । स्कटल्यान्ड ५० अङ्कका साथ शीर्ष स्थानमा छ भने ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्वकप छनोटमा पुगिसकेका छन् । पपुवा न्युगिनी ११ अङ्कका साथ तालिकाको अन्तिममा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार