मधेश प्रदेश सरकारले झा र शेखलाई जनही २-२ लाख दिने
नेपालबहस संवाददाता
चैत २, २०७९ शुक्रबार ४:२:३८
२ चैत, जनकपुरधाम । आइसीसी क्रिकेट विश्वकप–२ एकदिवसीय प्रतियोगितामा नेपालले आज शानदार जित हासिल गरेकोमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गरेका छन ।
विश्वकप छनौट प्रतियोगितामा आज युएईमाथि गौरवपूर्ण जित हासिल गरेकोमा उनले नेपाली टीम, प्रशिक्षक तथा खेलाडीहरुलाई बधाई दिएका छन । खेलाडी राष्ट्रका गहना हुन, भन्दै उनले मधेश प्रदेशका खेलाडी गुलशन झा र आरिफ शेखको खेलको विशेष प्रशंसा गरे।
तपाईहरुले देश र प्रदेशको सम्मान बढाउनु भएकोमा हामीलाई धेरै खुशी लागेको छ, उनले भने । यसै अवसरमा कुशल भुर्तेल तथा भीम कार्कीको खेलको पनि उनले प्रशंसा गरे ।
मधेश प्रदेश सरकारले यस प्रदेशका खेलाडी गुलशन झाको तेजस्वी तथा सौर्यपूर्ण खेल लामो समयसम्म खेलप्रेमीहरुको सम्झनामा रहिरहने बताउँदै मुख्यमन्त्री यादवले मधेश प्रदेशका अर्का खेलाडी आरिफ शेष समेतले आप्mनो खेलद्वारा मधेशको मान बढाएकोमा प्रसन्नता व्यक्त गरे । यही अवसरमा मुख्यमन्त्री यादवले खेलाडीद्वय झा र शेखलाई प्रोत्साहनस्वरुप मधेश प्रदेश सरकारको तर्फबाट जनही दुई÷दुई लाख नगद प्रदान गर्ने घोषणा गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीताराम अग्रहरीले जानकारी दिए
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्ड पुग्दा किन खुलेन क्रिकेट रंगशालाको गेट ?
माघ ५, २०८१ शनिबार
नेपालले दियो बंगलादेशलाइ ५२ रनको झिनो लक्ष्य
माघ ५, २०८१ शनिबार
बङ्गलादेशविरूद्धको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै
माघ ५, २०८१ शनिबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
नेपालबहस संवाददाता
माघ ५, २०८१ शनिबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
माघ ५, २०८१ शनिबार
प्रचण्ड पुग्दा किन खुलेन क्रिकेट रंगशालाको गेट ?
माघ ५, २०८१ शनिबार
खोखो विश्वकपः नेपाली महिला टोली पुग्यो फाइनलमा
माघ ५, २०८१ शनिबार
मधेश आन्दोलनको १८ वर्षः अझै ओभाउन सकेनन् सहिद परिवारको आँसु
माघ ५, २०८१ शनिबार
जंगली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
माघ ५, २०८१ शनिबार
खोखो विश्वकपः नेपाली महिला टोली पुग्यो फाइनलमा
माघ ५, २०८१ शनिबार
चाँगुनारायणमा खानेपानी गुणस्तरको परीक्षण शुल्क निर्धारण
माघ ५, २०८१ शनिबार
हुम्लामा जटिल अवस्थामा रहेकी सुत्केरीको सफल शल्यक्रिया
माघ ५, २०८१ शनिबार