क्रिकेट खेलाडीलाई ३ लाखसहित सम्मान दिने प्रधानमन्त्रीको घोषणा
नेपालबहस संवाददाता
चैत ३, २०७९ शुक्रबार १५:४३:१५
३ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईलाई हराउँदै जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख रूपैयाँसहित सम्मान गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले विजयी नेपाली क्रिकेट टोलीलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटार बोलाएर टोलीका प्रत्येक खेलाडीलाई सम्मानस्वरूप सरकारले ३–३ लाख रुपैयाँ दिने घोषणा गर्दै आगामी यात्राका लागि शुभकामना दिएका छन ।
बिहीबार यूएईविरुद्ध ९ रनको जित हासिल गर्दै विश्वकप क्वालिफायरमा पुगेको नेपाली क्रिकेट टिमलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय टिमका सदस्यहरूलाई जनही ३ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका हुन् । यसैगरी उनले मूलपानी, चितवनलगायत देशका विभिन्न स्थनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने घोषणासमेत गरेका छन् ।
प्रधानमन्त्री दाहालले भने, ‘यस सन्दर्भमा मूलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु ।’ प्रधानमन्त्री दाहालले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिएका छन् ।
खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईंहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईंहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईंहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु ।’
‘विश्वकप छनोटका लागि तपाईहरूलाई थप सफलता मिलोस् । म तपाईंहरूको सुखदुःखमा साथमै हुनेछु‚’ प्रधानमन्त्री दाहालले भने, ‘यसअघि पनि सरकारले तपाईंहरूलाई जनही २ लाख राशीले पुरस्कृत गरिसकिएको छ । आज म तपाईंहरूलाई जनही ३ लाख पुरस्कार प्रदान गर्ने घोषणा गर्दछु ।’
नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा बिहीबार यूएईमाथि अद्वितीय र नाटकीय जित रच्दै सन् २०२३ को एकदिवसीय विश्वकप छनोटमा सिधै प्रवेश पाएको छ । ग्लोबल छनोट जुन–जुलाईमा जिम्बावेमा हुँदै छ । जहाँ १० टिम प्रतिस्पर्धामा हुनेछन । १० टिमले दुई समूह रहेर प्रतिस्पर्धा गर्नेछन् । दुवै समूहका शीर्ष ३–३ टिम सुपर लिगमा पुग्नेछन् ।
सुपर लिगको खेलपछि शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । छनोट खेल्ने नेपालसहित नेदरल्यान्ड्स, जिम्बावे, ओमान र स्कटल्यान्डले स्थान पक्का गरिसकेका छन् । अन्य टिम छनोट हुन बाँकी छ । नेपालको जित केही हदसम्म विवादास्पद पनि रह्यो । तर, नेपाल जितका लागि पूर्णतः हकदार बन्यो । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा खराब प्रकाशका कारण खेल रोकिँदा नेपाल डकवर्थ लुइस नियमअनुसार ९ रनले विजयी भएको हो ।
आर्थिक, सामाजिक र राजनीतिक रूपमा सधैं अन्योलमा बस्न बाध्य नेपालीलाई बेलाबेलामा खुसी बनाउने एउटै उपक्रम हो खेलकुद हो । त्यसमा पनि आईसीसी मेन्स क्रिकेट वल्र्डकप लिग–टुमा ऐतिहासिक सफलता प्राप्त गरेको नेपाली टोलीले देशलाई असाधारण खुसी दिलाएको प्रधानमन्त्रीको भनाइ छ । कुल सात टिम सम्मिलित प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको नेपाल एकदिवसीय विश्वकपको छनोट चरणमा सिधा प्रवेश गर्न सफल भएको हो ।
यसका लागि नेपालले पछिल्ला १२ खेलमध्ये ११ मा जित निकालेको छ, यो उपलब्धि उत्कृष्ट र अद्वितीय हो । प्रतियोगिताकै अन्तिम खेलमा यूएईमाथि ‘डकवर्थ लुइस’ नियमअनुसार ९ रनको जित निकालेर नेपालले असाधारण यात्रा निश्चित गरेको छ । नेपालमा क्रिकेट प्रवेश गरेको सय वर्षभन्दा बढी समयमा यो सफलता हासिल भएको हो ।
पछिल्लो समयम नेपाली क्रिकेटको व्यवस्थापनभित्र सीमाहीन अव्यावसायिक प्रतिस्पर्धा हुने गरेको छ, त्यसमाथि राजनीतिक हस्तक्षेप उस्तै छ । बेथितिकै कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली क्रिकेटलाई निलम्बनमा समेत राखेको थियो । व्यवस्थापकहरूको अमर्यादित ‘खेल’ को मूल्य चुकाउँदा पनि नेपाली खेलकुदले प्राप्त गरेको उपलब्धिका लागि खेलाडीहरू सम्मानका हकदार रहेको भन्दै सरकराले सम्मान दिन लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार