एनआईसी एसिया बैंकका कर्मचारीमाथि सांघातिक आक्रमण, सिविफिनले जनायो आपत्ति
नेपालबहस संवाददाता
चैत ३, २०७९ शुक्रबार १८:३३:२७
३ चैत, काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि गरिएको सांघातिक आक्रमणप्रति बैंक तथा वित्तीय संस्था परिसंघ ‘सिविफिन’ ले आपत्ति जनाएको छ । बिहीबार एनआईसी एशिया म्याग्दी शाखाका प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आले कुटिएको भन्दै सिविफिन विज्ञसिप्त जारी गर्दै विरोध जनाएको हो ।
सिविफिनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चैत २ गते याग्दी जिल्लाको एनआईसी एसिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि नियोजितरूपमा गरिएको सांघातिक आक्रमणप्रति सिविफिन घोर भर्त्सना गर्दछ ।’
यस्तै जाजरकोट जिल्लामा कर्मचारीमाथि गरिएको दुर्व्यवहार, मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादतीको श्रृंखला ज्यान लिने स्थितिसम्म पुगेको भन्दै घटनामा संलग्न दोषीहरूलाई हदैसम्मको कारबाही गर्न समेत सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष माग गरिएको छ ।
आन्तरिक तथा बाह्य कारणबाट देशको अर्थतन्त्र नै अत्यन्तै जोखिमपूर्ण अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थालाई समेत मनन गरी बैंकिङ सेवालाई निर्वाधरुपमा संचालन हुने वातावरण सृजना गर्न र आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन परिसंघले आग्रह गरेको छ । केही दिनअघि मात्र गृहमन्त्रालयले देशभरका सीडीओलाई बैंकिङ क्षेत्रका कर्मचारीलाई सुरक्षाको प्रत्याभूति दिन निर्देशन दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिकोत्सवका अवसरमा ७ सय ५७ जनाले गरे रक्तदान
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार