अष्ट्रेलियाले अमेरिकासँग टोमाहक क्रुज मिसाइल खरिद गर्ने
नेपालबहस संवाददाता
चैत ३, २०७९ शुक्रबार १९:१:२१
३ चैत, एजेन्सी । अष्ट्रेलियाले संयुक्त राज्य अमेरिकाबाट २२० ‘टोमाहक क्रुज मिसाइल खरिद’ गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले शुक्रबार क्रुज मिसाइल बिक्रीको स्वीकृति दिएको हो ।
एशिया – प्रशान्त क्षेत्रमा चीनको प्रभाव बढेकामा चिन्ता व्यक्त गर्दै अष्ट्रेलियाले आफ्ना हतियार भण्डारको आधुनिकीकरण गर्न तथा सामरिक सामथ्र्य वृद्धि गर्न अमेरिकाबाट आणविक शक्तिबाट सञ्चालन हुने पनडुब्बी खरिद गर्ने घोषणा गरेको केही दिनपछि टोमाहक क्रुज मिसाइल किन्ने निर्णय सार्वजनिक भएको छ ।
अष्ट्रेलियाका अधिकारीहरूले नयाँ आणविक शक्तिबाट चल्ने पनडुब्बीबाट टोमाहक मिसाइल प्रहार गर्न सहज हुने बताएका छन् । नब्बे करोड अमेरिकी डलर मूल्य बराबरका ती क्षेप्यास्त्रको आपूर्ति एरिजोनास्थित रेथियन मिसाइल एण्ड डिफेन्सले गर्नेछ ।
जापानले पनि गत महिना चिनियाँ प्रभाव बढ्न नदिने प्रयासस्वरुप आफ्नो सेनाको स्तरवृद्धि गर्ने योजनाको घोषणा गरेको थियो । सन् २०२६ सम्ममा ४०० टोमाहक क्रुज मिसाइल खरिद गरी रणनीतिक स्थानमा तैनाथ गर्ने योजना तर्जुमा गरिएको छ ।
अमेरिकाले प्रस्तावित टोमाहक मिसाइल बिक्रीबाट संयुक्त राज्य अमेरिकाको विदेश नीति तथा राष्ट्रिय सुरक्षा उद्देश्यमा असर नपर्ने जनाउँदै पश्चिमी प्रशान्त क्षेत्रमा आफ्नो सबैभन्दा महत्वपूर्ण सहयोगीमध्येको एक अष्ट्रेलिया भएको बताएको छ ।
अष्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले पनि आफ्नो देशले पनि अमेरिकासँग निकट सम्पर्कमा रहेर काम गर्ने बताए । लामो दूरीसम्म प्रहार गर्ने क्षेप्यास्त्र आफ्नो देशसँग रहेको सुनिश्चित गर्नु राष्ट्रका निम्ति महत्वपूर्ण भएको उल्लेख गर्दै उनले मुलुकको सुरक्षाका निम्ति त्यो अझ महत्वको विषय भएको बताएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाका अधिकांश भागमा आँधीबेहरीसहित हिमवर्षा हुने
पुष २१, २०८१ आइतबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केनले दक्षिण कोरिया, जापान र फ्रान्सको भ्रमण गर्ने
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार