गोदावरी राष्ट्रिय वनस्पति उद्यानको आम्दानी बढ्यो
नेपालबहस संवाददाता
चैत ३, २०७९ शुक्रबार १९:५७:३७
३ चैत, ललितपुर ‘गोदावरी’ । गोदावरी राष्ट्रिय वनस्पति उद्यानको आम्दानी बढेको छ । कोरोना महामारीका कारण लगातार दुई वर्ष आम्दानी घटे पनि यो वर्ष भने आम्दानी बढेको हो ।
उद्यानका सूचना अधिकारी गौरव परमारले यो वर्ष यहाँ घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढेसँगै आम्दानी पनि बढेको बताए । उनका अनुसार यो वर्ष वैशाखदेखि फागुनसम्म टिकट बिक्रीबाट मात्रै रू एक करोड ७९ लाख ९१ हजार पाँच सय ४० आम्दानी भएको छ ।
“कोरोना महामारीको समयमा २०७७ र २०७८ सालमा जम्मा रू ७८ लाख ३६ हजार ७५८ आम्दानी भएको थियो”, उनले भने, “यस वर्षभने राम्रो आम्दानी भएको छ ।”
उद्याम घुम्नका लागि ११ महिनामा तीन लाख २८ हजार नौ सय ६० जना आन्तरिक पर्यटक र एक हजार आठ सय २१ जना विदेशी पर्यटक यहाँ आएको उनले जानकारी दिए । उद्यानमा प्रत्येक वर्ष औसतमा चार लाखभन्दा बढी विद्यार्थी उद्यान भ्रमणका लागि आउने गरेको उनको भनाइ छ ।
विसंं २०१९ कात्तिक १२ मा राजा महेन्द्रले उद्घाटन गरेको शाही वनस्पति उद्यानको नाम परिवर्तन गरी विसं २०६३ असार १९ मा राष्ट्रिय वनस्पति उद्यान बनाइएको थियो ।
उद्यान भ्रमणमा आउनेहरुको सुविधाका लागि खाजा घर, विद्युतीय सवारीबाट अवलोकनको व्यवस्था गरिएको छ । साथै आन्तुकले यहाँ विभिन्न प्रजातिका विरुवा खरिद गर्न पनि सक्छन् । उद्यानमा सामान्यतया विद्यार्थीहरु शैक्षिक भ्रमणमा आउने गरेका छन् भने वनस्पति अनुसन्धानकर्ताका लागि पनि यो गन्तव्य बन्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसौराहा आउने पर्यटक ह्वातै घट्यो, अङ्ग्रेजी नयाँ वर्षमा पनि आएनन् !
पुष २०, २०८१ शनिबार
चिसो बढेपछि आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन
पुष २०, २०८१ शनिबार
काठमाडौँ महानगरले सम्पदा क्षेत्रलाई स्मार्ट सांस्कृतिक पर्यटनसँग विकास गर्दै
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार