चाँदी आयातको भुक्तानी सीमा बढाएर ६० हजार डलर पुर्याइयो
नेपालबहस संवाददाता
चैत ९, २०७९ बिहिबार १९:३७:२६
चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले देशभित्रै खपत गर्ने प्रयोजनका लागि आयात हुने चाँदीको सीमा बढाएर ६० हजार डलर पुर्याएको छ । अब व्यवयासीले प्रतिपटक ६० हजार अमेरिकी डलर बराबरको चाँदी आयात गर्न पाउने भएका छन् । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत निर्देशन परिमार्जन गर्दै चाँदी आयातको सीमा बढाएको हो ।
यसअघि प्रतिपटक ३५ हजार अमेरिकी डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्रा बराबरको चाँदी आयात गर्न पाउने सीमा थियो । तर, यसरी चाँदी आयात गर्दा राष्ट्र बैंकले तोकिदिएको मापदण्ड भने पूरा गर्नुपर्नेछ । जसमा चाँदी आयात गर्दा प्रचलित व्यवस्था बमोजिम अन्य कागजातका अतिरिक्त अनिवार्य रुपमा ‘माष्टर एयरवेज बिल’ समेत संलग्न गर्नुपर्नेछ ।
यस्तै, निर्यात प्रयोजनका लागि बैंकहरूबाट चाँदी खरिद गर्दा मासिक एक किलोको सीमा नलाग्ने भएको छ । यससम्बन्धी विवरण सम्बन्धित बैंक तथा वित्तीय संस्थाले संलग्न अनुसूचीको ढाँचामा मासिकरुपमा महिना समाप्त भएको ७ दिनभित्र राष्ट्र बैंकको विदेशी व्यवस्थापन विभागमा पेश गर्नु पर्ने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतोलामा १ लाख ६१ हजार नाध्यो सुनको मूल्य
असोज ११, २०८१ शुक्रबार
बिहीबार पनि बढ्यो सुनको मूल्य, १ लाख ६० हजार ७ सयमा कारोबार
असोज १०, २०८१ बिहिबार
सुन प्रतितोला १ लाख ६० हजार ७ सयमा कारोबार
असोज ९, २०८१ बुधबार
साफ यू–१७ च्याम्पियनसिप: सेमिफाइनलमा आज नेपल भारतसँग खेल्दै
असोज १२, २०८१ शनिबार
दशैंको अग्रिम टिकट बुकिङ खुला, छाता ओढेर टिकट काट्दै यात्रु
असोज १२, २०८१ शनिबार
हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो, ग्याँस लिक भएपछि स्थानीयहरु त्रसित
असोज १२, २०८१ शनिबार
काभ्रेको थुम्कीमा पहिरोले गाउँ नै बगायो, चार जना बेपत्ता
असोज १२, २०८१ शनिबार
अविरल वर्षा: देशका विभिन्न नदीमा जलसतह खतरास्तर नजिक
असोज १२, २०८१ शनिबार
झापामा खोलाले बगाएर तीन जना बेपत्ता
असोज १२, २०८१ शनिबार