एसियन हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो
नेपालबहस संवाददाता
चैत ९, २०७९ बिहिबार २१:४७:१३
९ चैत, काठमाडौं । बिहीबार नेप्से परिसूचक १८.१५ अंकले घटेर १९१५.१४ बिन्दुमा आएर रोकिँदा एसियन हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ४३ लाख ४० हजार २७० कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ४१ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको छ।
बिहीबारदेखि नेप्सेमा एसियन हाइड्रोपावरको ‘एएचएल’ संकेतमा शेयर कारोबार सुरु भएको छ । शेयरबजार बन्द भएपश्चात हाइड्रोपावरमा करिब १० प्रतिशतले मूल्य बढेको छ ।
एसियन हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता २९८.८० रुपैयाँमा भएको हो । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार आजदेखि सुरु भएको छ । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ९९.६० रुपैयाँदेखि २९८.८० रुपैयाँ तोकेको थियो ।
कारोबारको आधारमा नेप्सेले तोकेको रेन्ज भन्दा २९.२० अंकले बढेर ३२८.६० विन्दुमा अडिएको छ । नेप्सेमा यस कम्पनीको शेयर बुधबार सूचीकृत भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार