रोनाल्डोको दुई गोलसँगै पोर्चुगल लक्जमबर्गसँग ६–० को जीतमा
नेपालबहस संवाददाता
चैत १३, २०७९ सोमबार १४:३१:५६
१३ चैत, काठमाडौं । युरो–२०२४ छनोट प्रतियोगितामा पोर्चुगलले लक्जमबर्गलाई ६–० ले हराएको छ । जुन जीतमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेका छन् । कतार विश्वकपपछि पोचुगलको यो लगातार दोस्रो जित हो । यसअघि पोर्चुगलले छनोट प्रतियोगितामा लिचेस्टाइनलाई ४–० ले हराएको थियो ।
पहिलो हाफमा रोनाल्डोले नवौँ मिनेटमा गरेको गोलबाट पोर्चुगलले अग्रता लिएको थियो भने १५औँ मिनेटमा जोओ फेलिक्सले पोर्चुगलको अग्रतालाई दोब्बर बनाइदिए ।
पोर्चुगलको गोलको बर्षा गर्ने क्रम रोकिएन, पुनः १८औँ मिनेटमा बर्नार्डो सिल्भाले तेस्रो गोल गरे भने ३१औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेर पहिलो हाफमा नै खेल ४–० को स्थीतिमा पुग्यो ।
उता, दोस्र्रो हाफको ७७औँ मिनेटमा ओटाभियोले थप गोल गरे भने त्यसको १० मिनेट पछि अर्थात ८९औँ मिनेटमा राफेल लियोले अर्को गोल थपेर अन्ततः खेल ६–० को अवस्थामा रहन पुग्यो ।
जितसँगै छनोट प्रतियोगिताको समूह ‘जे’ मा पोर्चुगल शीर्ष स्थानमा छ । पोर्चुगलले ६ अंक जोडेको छ भने एक अंक जोडेको लक्जमबर्ग पाँचौँस्थानमा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर
पुष २५, २०८१ बिहिबार
सभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
लहान नगरपालिकाले विद्यालय भर्ना भएका बालबालिकामा अपाङ्गताको अवस्था पहिचान गर्ने
पुष २८, २०८१ आइतबार
रवि लामिछानेलाई अदालतबाट लगियो प्रहरी हिरासतमा
पुष २८, २०८१ आइतबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
पुष २८, २०८१ आइतबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
पुष २८, २०८१ आइतबार
जाडोमा शरीरको तापक्रम स्थिर राख्न चाकु र तरुल लाभदायक
पुष २८, २०८१ आइतबार