अदानचुलीबाट रैथाने बाली खरिद गर्न सम्झौता
नेपालबहस संवाददाता
चैत १७, २०७९ शुक्रबार १७:३:२९
१७ चैत, सिमकोट । हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय हुम्लासँग रैथाने बाली खरिदका लागि सम्झौता गरेको छ ।
सम्झौतामा गाउँपालिकाले खरिद गरेर शाखालाई उपलब्ध गराउनुुपर्ने परिमाण र बालीको प्रकार खुुलाउनुपर्ने उल्लेख छ । सम्झौतामा लिमिटेडको तर्फबाट शाखा प्रमुख कृष्णप्रसाद अधिकारी र अदानचुली गाउँपालिकाको तर्फबाट वडा नम्बर ५ का अध्यक्ष कमल छत्यालले हस्ताक्षर गरे । अदानचुलीबाट लिमिटेडले छ प्रकारका रैथाने बाली खरिद गर्न सम्झौता गरेको हो ।
पहिलो चरणमा एक सय क्विन्टल सिमी प्रतिकिलो रु एक सय ४०, मास ३० क्विन्टल प्रतिकिलो रु एक सय ६० तथा फापर, कोदो, चिना र कागुुनो बीस क्विन्टल खरिद गर्न सम्झौता भएको छ । चिनो र कागुनो प्रतिकिलो रु ६५, फापर रु ९० र कोदो प्रतिकिलो रु ६० मा खरिद गर्न सम्झौता भएको छ । पहिलो चरणमा एक सय ५० क्विन्टल रैथाने बाली खरिदको सम्झौता भएको शाखा प्रमुख अधिकारीले बताए । बालीको प्याकेजिङ गाउँपालिकाले तथा काठमाडौँसम्मको ढुवानी लिमिटेडले गर्नेछ ।
शाखाले यसअघि सिमकोट गाउँपालिकासँग चार किसिमका रैथाने बाली खरिदका लागि सम्झौता गरेको थियो । सिमकोटबाट सुर्खेतसम्म ढुवानी गरेको खाद्यान्नको हवाई ढुवानी भाडा प्रतिकिलो रु ४५ तिर्नुपर्छ । अदानचुली सडक सञ्जालसित जोडिएकाले प्रतिकिलो रु १२ मा ढुवानी भाडा तिर्नुपर्ने छ । रैथाने बालीको प्रवद्र्धन र बजारीकरण गर्नका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्न लागेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार