मन्त्री छनोटमा सम्मानजनक स्थान नदिएको भन्दै कोइराला समूहले जनायो आपत्ति
नेपालबहस संवाददाता
चैत १७, २०७९ शुक्रबार १७:५४:४९
१७ चैत, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतरसमूहले मन्त्रिपरिषदमा कांग्रेसले पाएको कोटा अनुसार आफ्नो समूहलाई सम्मानजनक स्थान नदिएको भन्दै आपत्ति जनाएको छ । उक्त समुहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने निर्णयसमेत गरेको छ ।
सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ । सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम दिन भनेपछि कोइराला समूहले यसमा असहमति जनाएको हो ।
शुक्रबार बिहान बसेको कोइराला समूहका पदाधिकारीहरुको बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीहरुको नाम नदिने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।
उनले छलफलपश्चात् नेता कोइरालाले आफ्नो समूहले सम्मानजनक सहभागिता नपाए सरकारमा सहभागी नहुने सन्देश प्रधानमन्त्री प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवालाई पठाएको जानकारी दिए । कोइराला समूहले तीन मन्त्रालय पाउनुपर्ने माग गरेको छ । संस्थापन समूहले भने दुई मन्त्रालय दिने भनेको छ ।
छलफलमा नेता कोइरालासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार सहभागी थिए । अहिले मन्त्रीको अन्तिम टुंगो लगाउन सभापति देउवाको अस्थायी निवास धुम्बाराहीमा बैठक जारी छ । बैठकमा शेखर समूहबाट कोही नेता गएका छैनन् । शेखर समूहबाट धनराज गुरुङ र डिगबहादुर लिम्बू मन्त्री बन्ने चर्चा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
विष्णुमती नदीमा पानीको सतह बढ्यो
जेठ ७, २०८१ सोमबार
गुराँसेमा लगाइएको आलु खेती
जेठ ७, २०८१ सोमबार
सुन्तला खेतीका लागि प्रसिद्ध रहेको अर्जेवा गाउँ
जेठ ७, २०८१ सोमबार
गङ्गा गोदावरी सिद्वेश्वर महादेव मन्दिर
जेठ ७, २०८१ सोमबार