बारा-२ मा उपेन्द्रलाई महन्थको साथ
नेपालबहस संवाददाता
चैत १९, २०७९ आइतबार १९:३७:५७
१९ चैत, बारा । बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा सत्तासाझेदार दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यालवलाई सभाउने भएको छ । उसले उपनिर्वाचना आफ्नो उम्मेदवार नउठाउने भएको छ ।
गठबन्धनका उमेदवारलाई सघाउने शनिबार बसेको बैठकले निर्णय गरेको केन्द्रीय कार्यकारिणी समितिका सदस्य केशव झाले जानकारी दिए । बारा–२ मा गठबन्धनको तर्फबाट जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई उमेदवार बनाउन दलहरू सहमत भएकाले उमेदवार नउठाइने झाले बताए ।
गठबन्धनबाट साझा उमेदवार उठाउने सहमति भइसकेको र गठबन्धनको उमेदवारलाई पार्टीले सघाउने कुरा भएको उनले बताए । उपनिर्वाचनमा लोसपाका नेता राजेन्द्र महतो उमेदवार बन्ने तयारी गरेका थिए । गठबन्धनको निर्णयसँगै उनी ब्याक भएका छन् । बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा सोमबार उमेदवारी दर्ता हुँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिपक्षी दलहरुको निष्कर्ष, सभामुख मर्यादाहीन भए
जेठ ७, २०८१ सोमबार
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार