फोनपे र सुलभपेबीच भुक्तानी सहकार्य, सुलभका ग्राहकले फोनपे नेटवर्क मार्फत सहजै भुक्तानी गर्न सकिने
नेपालबहस संवाददाता
चैत २०, २०७९ मंगलबार २:१८:५३
२० चैत, काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे नेटवर्क लि.मि.टेड र भुक्तानी सेवा प्रदायक सुलभपे (एनक्याश )वालेटबीच सहकार्य सुरू भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि फोनपे र सुलभपेबीच भुक्तानी पत्रमा सम्झौता भएको हो ।
सम्झौतापत्रमा फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र सुलभपेका तर्फबाट सुलभपे –एनक्याश) का प्रमुख कार्यकारी अधिकृत समल बुढाथोकीले हस्ताक्षर गरे । यो सँगै सुलभ पे प्रा.लि. को एनक्यास पूर्ण स्क्यान भुक्तानी सेवाहरू सुरू गर्ने पहिलो वालेट बनेको छ । एनक्यास प्रयोगकर्तालाई सहज भुक्तानी अनुभव प्रदान गर्न डिजाइन गरिएको हो र फोनपे क्यूआर प्रयोग गर्ने क्षमताको साथ अतुलनिय स्तरको सुविधा प्रदान गर्ने छन्।
सम्झौता कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले यस प्रकारको सम्झौताले डिजिटल भुक्तानीमा महत्वपूर्ण भूमिका खेल्ने बताए । सापकोटाले सुलभसँगको सम्झौताले नेपाली समाजलाई क्यास लेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धि हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा एनक्यास सुलभ पेका प्रमुख कार्यकारी अधिकृत समल बुढाथोकीले भने ‘हामी फोनपे क्यूआर सुरू गर्न पाउँदा उत्साहित छौँ । जुन हााम्रो प्रयोगकर्ताको आवश्यकता पुरा गर्ने मोबाईल वालेट सिर्जन ागर्ने हाम्रो प्रयासको परिणति हो,“ हामी विश्वास गर्छौँ कीफोनपे क्यूआर लगायत एनक्यास द्धारा प्रदान गरिएका स्क्यान र पे सेवाहरूले नेपालमा मानिसहरूले पहिलेभन्दा छिटो, सजिलो र अझ सुरक्षित् बनाउनेछ ”।
फोनपेमा हाल ११ लाखभन्दा धेरै क्युआर मर्चेन्ट रहेका छन् । नेपाललाई क्यासलेस बनाउने योजनाअनुसार ‘नगद छोडौं, फोनपे गरौं’ भन्ने नारासहित तीन वर्ष अगाडी स्थापना भएको फोनपेमा छोटो समयमै आम व्यवसायीको आकर्षण बढेको छ । फोनपे नेटवर्क मार्फत हाल दैनिक करिब ५ अर्बको कारोबार हुँदै आएको छ । वित्तीय क्षेत्रमा फोनपेले बनाएको बाटोले डिजिटल भुक्तानीको क्षेत्रमा ठूलो परिवर्तन समेत आएको छ ।
फोनपेको सेवाहाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन् । गाउँगाउँसम्म विस्तार भइसकेको फोनपे क्यूआर शहरका अधिकांश पसलमा देखिनथालेका छन् । ग्राहकहरुले पनि नगद बोकेर हिड्नुको साटो फोनपे मार्फत भुक्तानीगर्न सहज ठानेका छन् । डिजिटल कारोबारमा आएको यस परिवर्तनले मर्चेन्ट र ग्राहकलाई सहज बनाउनुका साथै नेपालको डिजिटल इकोनोमिमा ठुलो परिवर्तन ल्याउँदै जान थालेको छ ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फोनपे पेमेन्ट सर्भिस लिमिटेड एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो । फोनपेमा अहिले ६० भन्दा बढि बैंक तथा वित्तिय संस्था आबद्ध छन् । एक करोड ७० लाखभन्दा धेरै मोबाईल बैकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनलाइन जुवा खेलाउने एकै व्यक्तिको खातामा ५५ करोड, ७५ वटा बैंक खाता र १ सय २८ इसेवा
मंसिर १३, २०८१ बिहिबार
फोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
संसदमा प्रहरी ऐनः निजामती प्रशासनको नियन्त्रणमा चेनअफ कमाण्ड ब्रेक हुने खतरा !
माघ १९, २०८१ शनिबार
सरुवा मापदण्ड कार्यान्वयनमा आईजीपी निरिह !
माघ १९, २०८१ शनिबार
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : अध्यक्ष नेपाल
माघ १९, २०८१ शनिबार
क्रिकेट प्रशिक्षक मोन्टी देशाईलाई क्यानले गर्यो बिदाई
माघ १९, २०८१ शनिबार
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
माघ १९, २०८१ शनिबार
स्वास्थ्य बिमाअन्तर्गत छरिएका कार्यक्रमलाई एकीकृत गर्नुपर्ने कार्यदलको सुझाव
माघ १९, २०८१ शनिबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : अध्यक्ष नेपाल
माघ १९, २०८१ शनिबार
क्रिकेट प्रशिक्षक मोन्टी देशाईलाई क्यानले गर्यो बिदाई
माघ १९, २०८१ शनिबार
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
माघ १९, २०८१ शनिबार
स्वास्थ्य बिमाअन्तर्गत छरिएका कार्यक्रमलाई एकीकृत गर्नुपर्ने कार्यदलको सुझाव
माघ १९, २०८१ शनिबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्छ : अध्यक्ष नेपाल
माघ १९, २०८१ शनिबार
क्रिकेट प्रशिक्षक मोन्टी देशाईलाई क्यानले गर्यो बिदाई
माघ १९, २०८१ शनिबार
श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै
माघ १९, २०८१ शनिबार