रवि लामिछानेविरुद्धको रिटको सुनुवाइ न्यायाधीश सिंहको एकल इजलासमा
नेपालबहस संवाददाता
चैत २१, २०७९ मंगलबार १७:८:४७
२१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालमा सोमबार दायर रिट निवेदनमाथि सुनुुवाइका लागि मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल पेसी तोकिएको छ ।
सिन्धुलीका सफल भनिने युवराज पौडेलले लामिछानेलाई अमेरिकी राहदानी कायमै रहेका बेला नेपाली राहदानी लिएको विषयमा अनुसन्धान गरी कारबाहीको माग गर्दै सोमबार रिट दायर गरेका थिए । रिट इजलासकाे ९ नं. मा परेकाे छ ।
यसअघि नेपाली प्रहरीले लिएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको रायअनुसार महान्यायाधिक्ताको कार्यालयले लामिछानेमाथि राहदानीसम्बन्धी विषयमा मुद्दा चलाउन नपर्ने निर्णय गरेको थियो । सोपछि पौडेलले महान्याधिवक्ताको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौ लगायत ८ जनालाई विपक्षी बनाइ रिट दायर गराएका थिए ।
लामिछाने आउँदो वैशाख १० मा चितवन २ मा हुन गइरहेको प्रतिनिनिधसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारी दिएका छन् ।
यसअघि प्रनिधिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने अमेरिकी नागरिकता त्यागेको घोषणा गरेपनि प्रक्रियागत रुपमा नेपाली नागरिकता नलिएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सदस्यता खारेज गरिदिएपछि निर्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो ।
नागरिकताका विषयमा पनि पौडेलले नै रिट दायर गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार
बझाङ अपडेट: एमालेका भण्डारी ६०८ मतले अगाडि
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा सुहाङलाई १००१ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार
वर्तमान निर्वाचन प्रणाली रहेसम्म देशमा विकास सम्भव छैन : नेता कोइराला
बैशाख १६, २०८१ आइतबार
बझाङ अपडेट : एमालेको अग्रता कायमै
बैशाख १६, २०८१ आइतबार
इलाम २ मा एमालेका सुहाङको अग्रता फराकिलो बन्दै, ७८० मतान्तरले अगाडि
बैशाख १६, २०८१ आइतबार