सात प्रदेशसहित १२ वटै कार्यालयका प्रमुख समायोजनमा परेपछि एसईई परीक्षा प्रभावित हुने
इन्द्र रिजाल
फागुन १९, २०७५ आइतबार १४:४२:१
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका सात प्रदेशसहित १२ वटै कार्यालयमा रहेका प्रमुख समायोजनमा परेपछि यही चैत १० गते देखि संचालन हुने कक्षा १० को एसईई तथा ११ र १२ को परीक्षा प्रभावित हुने भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । परीक्षा संचालन र व्यवस्थापनमा समस्या आउने भएपछि बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई पत्राचार गरेको छ ।
बोर्डले परीक्षा अवधीभर ती कर्मचारीलाई समायोजना नगर्न अनुरोध गर्दै मन्त्री पोखरेललाई पत्र पठाएको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणी पोखरेलले परीक्षामा व्यवधान आउने भएपछि मन्त्रीसमक्ष पत्राचार गरेको जानकारी गराए । बोर्डले गएको सोमबार बोर्डका अध्यक्ष एवं मन्त्रीलाई पत्र पठाएको हो । बोर्ड अन्तर्गत काठमाडौं, पोखरा, विराटनगर, कोहलपुर, सुर्खेत, लाहानका कार्यालय प्रमुख संघ अन्तर्गत विभिन्न निकायमा समायोजन भएका छन् । अधिकांश समायोजनमा परेका शिक्षा मन्त्रालयका उपसचिव हुन् ।
त्यस्तै जनकपुर, हेटौडा, र धनगढी कार्यालयका प्रमुख प्रदेशमा, बुटवल, दाङ र डडेल्धुरा कार्यालयका प्रमुख स्थानीय तहमा समायोजनमा परेका छन् । त्यस्तै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका ५ उपसचिव मध्ये एकजना संघ र ४ जना स्थानीय तहमा समायोजन भएका छन् ।
समायोजन भएका ती कर्मचारीलाई सरकारले हालसम्म समायोजनको पत्र पठाएको छैन । पत्र नपठाएपनि सबै कर्मचारी खटाएको कार्यालयमा जाने मनस्थिति बनाइसकेका छन् । समायोजनमा परेका कर्मचारी गएपछि अधिकांश कार्यालय प्रमुखविहीन हुने भएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार