टेम्केडाँडा मुन्धुम ट्रेल पदमार्ग प्रदेश १ कै उत्कृष्ट
इन्द्र रिजाल
फागुन २०, २०७५ मंगलबार १:४०:२९
काठमाडौं । सरकारले सूचीकृत गरेको १ सय पर्यटकीय गन्तव्यमध्ये भोजपुरको टेम्केडाँडा मुन्धुम ट्रेल पदमार्गलाई प्रदेश १ कै उत्कृष्ट पर्यटकीय पदमार्ग बनाउने घोषणा गरिएको छ । मुन्धुम ट्रेल विकास तथा प्रवर्द्धन सम्मेलन २०७५ को भेलाले पदमार्गलाई उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास र प्रवर्द्धन गर्न भौतिक तथा पर्यावरणीय अभ्यासको थालनी गर्ने निर्णय गरेको हो ।
भेलाको निर्णय सार्वजनिक गर्न सोमबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा मैयुङ टेम्के साल्पा सिलिचुंग पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष रमेशकुमार राइले पदमार्गको डीपीआर सहितको गुरुयोजना निर्माण गरेर आ–आफनो भौगौलिक क्षेत्रअन्तर्गत काम गर्ने निर्णय गरेको पनि जानकारी दिए ।
त्यस्तै सम्मेलनमा पदमार्गमा पर्ने वन्यजन्तुको बासस्थान, जैविक विविधता, खानेपानीका मूल र ‘ईको सिस्टम’लाई असर पुग्ने कुनै पनि किसिमको सडक, बाटोजस्ता भौतिक संरचना निर्माण नगर्ने निर्णय गरिएको उनले बताए । पदमार्गको विकास र प्रवर्द्धन गर्न सके पर्यटकीय आगमन थप्न र विविध रोजगारमूलक बाटो खुल्न सक्ने सम्भावना रहेको राईले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार