चालकमा उच्च रक्तचापको समस्या, दुर्घटनाका कारण हुनसक्छ
इन्द्र रिजाल
फागुन २१, २०७५ मंगलबार १९:५१:२२
तारानाथ आचार्य
बलेवा । अधिकांश सवारी चालकमा उच्च रक्तचापको समस्या देखिएको छ । सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडकमै गरिएको स्वास्थ्य परीक्षणमा उनीहरुमा उच्च रक्तचापको समस्या देखिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले लामो दूरीका सवारीसाधनका चालकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको थियो । स्वास्थ्य परीक्षण गर्दा अधिकांश चालकमा उच्च रक्तचापको समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चिरञ्जीवी कोइरालाले बताए।
“चालकमा देखिएको स्वास्थ्य समस्याका कारण सडक दुर्घटना हुन सक्छ”, उनले भने, “उच्च रक्तचाप भएको चालकलाई अस्पताल जान अनुरोध गर्नेबाहेक कुनै पनि कारवाही गर्ने अधिकार प्रहरीसँग छैन् ।”
“एक चालकको रक्तचाप देखेर हामी डरायौँ”, सूचना अधिकारी कोइरालाले भने, “त्यति धेरै रक्तचाप भएको चालकको जुनसुकै बेला आँखा तिरमिराउने चिकित्सक भन्दै थिए, तर हामीले रोक्न सकेनौँ ।”
प्रहरीले स्वास्थ्यकर्मीको सहायतामा मुटुको चाल, रक्तचाप, आँखाको समस्यालगायतको परीक्षण गर्ने गरेको छ । परीक्षणका क्रममा समस्या देखिएका चालकलाई तत्काल अस्पताल जानका लागि आग्रह गर्ने गरेको भए पनि बेवास्ता गर्ने गरेको कोइरालाले बताए। प्रत्येक महीना स्वास्थ्य जाँच गर्ने योजना बनाएको प्रहरीले धवलागिरी अञ्चल अस्पतालका चिकित्सकको सहयोगमा सावरी चालकको जाँच गरिएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङसहित धवलागिरि अञ्चल अस्पताल बागलुङ, यातयात व्यवसायी र नेपाल प्रहरीको टोलीले सडकमै चालकको स्वास्थ्य परीक्षण गरेका थिए ।
जाँचका क्रममा बस, ट्रक, जिप, माइक्रोबसलगायतका ७१ सार्वजनिक सवारीसाधन चालकको आँखा र रक्तचाप परीक्षण गरिएको थियो । परीक्षणका क्रममा १२ चालकको उच्च रक्तचाप भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक शुकबहादुर विकले बताए ।
पहिलो पटक गरिएको परीक्षणमा कति सहभागी भए र कतिमा के–कस्ता समस्या थिए भन्ने विषयमा प्रहरीसँग कुनै पनि जानकारी छैन । यो पटक भने सबैको तथ्याङ्क राखेर समस्या भएका चालकलाई निगरानीमा राख्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको कोइरालाले बताए । “हामीले दुर्घटना कम गर्न अभियान चलाएका हौँ”, कोइरालाले भने, “व्यवसायीसँग छलफल गरेर तत्काल समस्या देखिएका चालकलाई उपचार गर्ने वा सवारी चलाउन रोक लगाउने काम गर्छौँ ।”
“अनुमतिपत्र लिएर काम गरिरहेका चालकलाई सवारी चालक अनुमतिपत्र हेर्नेबाहेक अरु काम हाम्रो जिम्मेवारीमा पर्दैन”, कोइरालाले भने, “लाइसेन्स दिने वा नवीकरण गर्ने निकायले चालकको स्वास्थ्य अवस्था जाँच गरेर मात्रै दिनुपर्छ ।” सानासाना कमजोरीका कारण पनि ठूला दुर्घटना हुने गरेको भन्दै कोइरालाले चालकमा हुने आँखाको कमजोरी र रक्तचापको समस्या दुर्घटनाको कारण हुनसक्ने बताए । चालकमा देखिएको स्वास्थ्य समस्याका विषयमा आम नागरिक समाजले समेत आवाज उठाउनुपर्ने भन्दै उनले त्यसका लागि पहल थालिने बताए ।
सहकारीले फोहर नउठाउने
बागलुङबजारको फोहर व्यवस्थापन गर्दै आएको धवलागिरि फोहर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाले नगरपालिकाले सम्झौता नवीकरण नगरे फोहर उठाउने काम रोक्ने भएको छ । गत असार मासान्तमै नवीकरण हुनुपर्ने सम्झौता हालसम्म नवीकरण नभएको भन्दै सहकारीले फोहर उठाउन रोक्ने जनाएको हो ।
विसं २०७८ सम्म फोहर व्यवस्थापन गर्ने जिम्मेवारीसहितको सम्झौता भए पनि वर्ष÷वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान छ । सम्झौता नवीकरणका लागि सहकारीले आगामी फागुन २५ गतेसम्मको समय दिएको र उक्त मितिसम्म पनि सम्झौता नवीकरण नभए फोहर उठाउन रोकिने सहकारीका सल्लाहकार पद्मचन्द्र राजभण्डारीले बताए ।
नगरपालिकाले बाटो नफुकाएका कारण फोहर व्यवस्थापनमा समस्या भएको उहाँको भनाइ छ । सहकारीले बागलुङ नगरपालिकाको वडा नं १ देखि ४ नं वडाका करीब चार हजारभन्दा बढी घरका फोहरमैलालाई व्यवस्थापन गर्ने काम गर्दै आएको छ ।
एउटा मात्रै गाडी भएका कारण फोहर व्यवस्थापनमा समस्या भएको जानकारी गराउँदासमेत नगरपालिकाले बेवास्ता गरेको सहकारीका अध्यक्ष सुधीर श्रेष्ठले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपवीरगञ्जबाट काठमाडौं हिँडेको कन्टेनर चुरियामाई उकालोमा पल्टियो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार