क्रिकेटरलाई पुरस्कारको वर्षा, लेग स्पिनर लामिछाने ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’
इन्द्र रिजाल
फागुन २१, २०७५ मंगलबार २३:४५:४०
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेले ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’ अवार्ड जितेका छन् । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)ले आज आयोजना गरेको ‘सिप्यान क्रिकेट अवार्ड’ कार्यक्रममा लामिछाने उत्कृष्ट चुनिँदै ‘वर्ष क्रिकेट खेलाडी’ घोषित भएका हुन् ।
अवार्ड जित्ने क्रममा लेग स्पिनर लामिछानेले कप्तान पारस खड्का, दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीलाई पछि पारेका थिए । वर्ष क्रिकेट खेलाडीको अवार्डसँगै सन्दीपले रु एक लाख ३२ हजार प्राप्त गरेका छन् ।
लामिछाने अहिले पाकिस्तान सुपर लिगका लागि दुबईमा रहेका छन् । उनको अवार्ड कप्तान पारसलाई प्रदान गरिएको थियो । तीन वर्षअघि नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका लामिछानेले आइपिएलपछि क्यारिबियन प्रिमिएर लिग (सिपिएल), बिग बास लिग अष्ट्रेलिया, क्यानडाको ग्लोबल टी–२०, अफगानिस्तानको प्रिमियर लिग, बङ्गलादेश प्रिमियर लिगमा समेत आफ्नो प्रतिभा देखाइसकेका छन् ।
रोहितलाई उदीयमान क्रिकेटरको अवार्ड
कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका सदस्य रोहितकुमार पौडेल वर्षको उदीयमान क्रिकेट खेलाडी घोषित भएका छन् । अवार्डसँगै रोहितले रु ६६ हजार पुरस्कार पाएका छन् । उदयमान क्रिकेट खेलाडी अवार्ड जित्ने क्रममा रोहितले अविनाश बोहरा, कविता कुँवर, ललितनारायण राजवंशी र सन्दीप जोरालाई पछि पारेका थिए ।
नवलपरासीका १६ वर्षीय युवा ब्याट्सम्यान रोहित एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने विश्वकै चौथो कान्छा खेलाडी हुन् । रोहितले गत महिना युएईसँगको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने संसारकै कान्छा खेलाडीको कीर्तिमान बनाएका थिए ।
रानामगर वर्ष महिला खेलाडी
कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका सदस्य सीता रानामगर वर्ष महिला क्रिकेट खेलाडी घोषित भइन् । अवार्डसँगै सीताले रु ६६ हजार पुरस्कार प्राप्त गरिन् । वर्ष महिला क्रिकेट खेलाडी जित्ने क्रममा सीताले नेपाली टोलीका कप्तान रुविना क्षेत्री, इन्दु बर्मा, करुणा भण्डारी र सरिता मगरलाई पछि पारिन् ।
‘वर्षको उत्कृष्ट क्षण’को अवार्ड केसीलाई
राष्ट्रिय टोलीका सदस्य करण केसीले वर्षको ‘उत्कृष्ट क्षण अवार्ड’ जितेका छन् । वर्षको उत्कृष्ट क्षण अवार्डसँगै करणले रु ६६ हजार पुरस्कार पाएका छन् । वर्षको उत्कृष्ट क्षण अवार्डका लागि १० क्षण मनोनयनमा परेका थिए । अनलाइन भोटमा सर्वाधिक मत प्राप्त गर्दै करणले अवार्डले हात पारे । गत वर्ष नामिबियामा भएको डिभिजन–२ मा क्यानडाविरुद्ध जित दिलाउन करणले उत्कृष्ट ब्याटिङ गरेका थिए । त्यही जितले नेपालले एकदिवसीय मान्यता पाएको थियो ।
कार्यक्रममा पूर्वक्रिकेटर कोमलबहादुर पाण्डेलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरिएको थियो । नेपाली क्रिकेटको विकासमा योगदान पु¥याएको भन्दै पाण्डेलाई अवार्ड प्रदान गरिएको सो अवसरमा जानकारी दिइयो । अवार्डसँगै पाण्डेले रु ६६ हजार पुरस्कार प्राप्त गरे । उत्कृष्ट घोषित खेलाडीलाई प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल, वरिष्ठ कलाकार हरिवंश आचार्य, क्रिकेट टोलीका पूर्वकस्तान उत्तम कर्माचार्यलगायतले पुरस्कार प्रदान गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएलिट कपका लागि पुलिस क्लबको टोली घोषणा
पुष १९, २०८१ शुक्रबार
एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा
पुष १८, २०८१ बिहिबार
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’
पुष १३, २०८१ शनिबार
स्वास्थ्य बिमा सुधार गर्न गठित समितिले बुझायो स्वास्थ्यमन्त्री पौडेललाई प्रतिवेदन
पुष १९, २०८१ शुक्रबार
क्यालिफोर्नियामा विमान ठोक्किँदा दुईको मृत्यु, १८ घाइते
पुष १९, २०८१ शुक्रबार
युद्ध बिराम उलङ्घन गर्दै इजरायलद्वारा लेबनानमा बमबारी जारी
पुष १९, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको १८ औँ वार्षिकोत्सवका अवसरमा ७ सय ५७ जनाले गरे रक्तदान
पुष १९, २०८१ शुक्रबार
राप्रपा नेपालको केन्द्रिय समिति बैठक सुरू
पुष १९, २०८१ शुक्रबार
मुख्य सचिवको २, सचिवको ३ र अतिरिक्त सचिवको ४ वर्ष कार्यकाल राख्न लोकसेवाको प्रस्ताव
पुष १९, २०८१ शुक्रबार