अर्थ मन्त्रालय: ६ महिनामा कुल बजेटको २८.६ प्रतिशत खर्च !
इन्द्र रिजाल
फागुन २१, २०७५ बुधबार १:५:५१
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको ६ महिनामा कुल बजेटको २८.६ प्रतिशत खर्च भएको जनाएको छ । मंगलबार सिंहदरबारमा चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दे अर्थ मन्त्रालयले गत साउनदेखि पुस मसान्तसम्म ३ खर्ब ७५ अर्ब ८२ करोड रुपैयाँ खर्च भएको जनाएको हो ।
छ महिनामा पुँजीगततर्फ ५५ अर्ब ५२ करोड ३ लाख अर्थात् १७.७ प्रतिशत र चालूतर्फ २ खर्ब ९६ अर्ब ५७ करोड ५९ लाख अर्थात ३५.१ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षमा जम्मा ११ खर्ब ९९ अर्ब १५ करोड खर्च हुने अनुमान छ, जुन कुल विनियोजनको तुलनामा ९१.२ प्रतिशत हो ।
मन्त्रालयले संघीय सरकारले गर्ने राजस्व संकलन २६.१ प्रतिशतले वृद्धि भएको जनाएको छ । मन्त्रालयका अनुसार आर्थिक वर्षको ६ महिनामा ४ खर्ब २ अर्ब ४५ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
यो गत वर्षको तुलनामा २६.१ प्रतिशतले वृद्धि भएको हो । यसमा कर राजस्वको वृद्धि २८ प्रतिशत र गैर कर राजस्वको वृद्धि १२.३ प्रतिशत छ । आर्थिक वर्षको अन्त्यसम्ममा परिचालन हुने कूल राजस्व ९ खर्ब १९ अर्ब १९ करोड मध्ये संघीय सर्वसञ्चित कोषमा ८ खर्व ६ अर्ब ५० करोड ६४ लाख जम्मा हुने अनुमान मन्त्रालयको छ ।
पछिल्लो ६ महिनासम्मको औसत मुद्रास्फीति ४ दशमलव २ प्रतिशत रहको समिक्षा प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले संघ, प्रदेश र स्थानीय तहमा भइरहेका आर्थिक क्रियाकलापले उच्च आर्थिक वृद्धिका लागि आधारशीला निर्माण भइरहेको बताए । विप्रेषण आप्रवाहमा भएको वृद्धि, राजस्व असूलीमा भएको वृद्धि र पूँजीगत खर्चमा भएको वृद्धि जस्ता अर्थतन्त्रका सूचकहरू सन्तोषजनक देखिएको उहाको भनाइ छ ।
समिक्षा प्रतिवेदनमा प्रदेशहरूलाई वित्तीय हस्तान्तरण अन्तर्गत ३७ अर्ब २९ करोड निकासा भएकोमा ११ अर्ब ४६ करोड खर्च भएको उल्लेख छ । स्थानीय तहलाई ८१ अर्ब ६७ करोड वित्तीय हस्तान्तरण भएको छ ।
विभिन्न विकास आयोजना कार्यान्वयनको लागि १ खर्ब ११ अर्ब ६३ करोड वैदेशिक सहायताको प्रतिबद्धता प्राप्त भएको बताउँदै अर्थमन्त्री खतिवडाले वैदेशिक सहायतातर्फ सरकारको स्रोतबाट खर्च भई सोधभर्ना प्राप्त गर्नुपर्ने रकम ४८ अर्ब ५९ करोड रहेकोमा ३६ अर्ब १४ करोड सोधभर्ना प्राप्त भई सकेको जानकारी दिए ।
राष्ट्रिय गौरवका आयोजनाहरूमा २२ अर्ब ८ करोड अर्थात् २४.९ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल, उत्तरदक्षिण (कोशी) लोकमार्ग र उत्तरदक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्गको प्रगति उत्साहजनक देखिएको पनि मन्त्रालयले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
मदिरा र सुर्तीजन्य वस्तुमा कर वृद्धि
जेठ १५, २०८१ मंगलबार
बजेटबारे नेताहरूको मिश्रित प्रतिक्रिया : कोही भन्छन्- राम्रो, कोही भन्छन् नराम्रो !
जेठ १५, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
असार २०, २०८१ बिहिबार
नियुक्तिका लागि अन्तरिम आदेश भए सन्तोष र मुक्तिनाथमध्ये एक जना बन्नेछन धितोपत्रको अध्यक्ष
असार २१, २०८१ शुक्रबार
बेलायतमा लेबर पार्टीको ऐतिहासिक जित, स्टारमर प्रधानमन्त्री बन्ने
असार २१, २०८१ शुक्रबार
नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
असार २१, २०८१ शुक्रबार
हार स्वीकार गर्दै ऋषि सुनकले भने, 'बेलायतका जनताले सम्मानजनक निर्णय गरे'
असार २१, २०८१ शुक्रबार
सात वटै प्रदेश सरकारमा माओवादीको उपस्थिति शून्य रहने
असार २१, २०८१ शुक्रबार
राष्ट्रियसभाको बैठक बस्दै
असार २१, २०८१ शुक्रबार