संक्रमणकालीन विषय टुंग्याउन सक्षम: परराष्ट्रमन्त्री ज्ञवाली
इन्द्र रिजाल
फागुन २१, २०७५ बुधबार १:१०:५८
काठमाडौं । संक्रमणकालीन न्यायको विषय टुंग्याउन अन्तराष्ट्रिय समुदायको मद्दत आवश्यक नपर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।
संक्रमणकालीन न्याय निरुपणको बारेमा बहस बढ्दै गइरहेका बेला मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन ज्ञवालीले नेपाल आफैँ उक्त विषय टुंग्याउन सक्षम रहेको स्पष्ट पारे ।
केही साताअघि जेनेभा भ्रमणमा रहेका बेला परराष्ट्रमन्त्री परराष्ट्र ज्ञवालीलाई राष्ट्रसंघीय अधिकारीहरुले यसअघि द्वन्द्व समाधानमा अन्तराष्ट्रिय समुदायको सहयोग दिए जसरी नै संक्रमणकालीन न्याय निरुपणमा पनि राष्ट्रसंघले सघाउने उल्लेख गर्दै नेपालको धारणा मागेका थिए ।
ज्ञवालीले आफ्नो जेनेभा भ्रमणका क्रममा संयुक्त राष्ट्र संघले नेपालको संक्रमणकालीन न्याय निरुपणमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएको पनि बताए । भ्रमणका क्रममा संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्च आयुक्त मिचेल बेचेलेटले आफूसँगको भेटमा नेपालको संक्रमणकालीन न्याय निरुपणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको उहाले जानकारी दिए ।
मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधि मण्डल परिषदको बैठकमा सहभागी भएर गत फागुन १६ गते स्वदेश फर्किएको थियो । त्यस्तै मन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारी आगामी फाल्गुन २६ गते कमिशन अन द स्टाटस अफ वमेनको ६३ औं सेसनमा भाग लिन अमेरिकाको न्यूर्योक जाने कार्यक्रम तय भएको जानकारी पनि दिए । मार्च ११ देखि २२ सम्म न्यूयोर्कमा सो कार्यक्रम आयोजना गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार