द्विपक्षीय तथा बहुपक्षीय लगानी प्रवर्द्धनसम्बन्धी समझदारी
इन्द्र रिजाल
फागुन २१, २०७५ बुधबार १:१७:४२
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र ‘इण्डो–ल्याटिन अमेरिकन चेम्बर अफ कमर्स’बीच द्विपक्षीय, बहुपक्षीय व्यापार तथा लगानीसँग सम्बधित साझा स्वार्थको प्रवद्र्धन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच उक्त समझदारी पत्रमा नेपाल चेम्बरकातर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठ र इन्डो–ल्याटिन अमेरिकन चेम्बरकातर्फबाट अध्यक्ष राजकुमार शर्माले हस्ताक्षर गरे ।
समझदारी पत्रमा इण्डो–ल्याटिन अमेरिकन चेम्बर अफ कमर्ससँगको सम्बन्धमार्फत ल्याटिन अमेरिकी मुलुकबाट नेपालमा लगानी भित्र्याउन पहल गर्ने, नेपालको व्यापारलाई ती मुलुकसम्म विस्तार गर्ने, आर्थिक सहकार्य र व्यापारिक भ्रमणको आदानप्रदानलाई थप विविधीकरण गर्नेलगायत विषय समावेश छ ।
कार्यक्रममा चेम्बरका अध्यक्ष श्रेष्ठले ल्याटिन अमेरिकी मुलुक र त्यहाँका व्यापारिक सङ्घसंस्थासँग बलियो सम्बन्ध भएको इन्डो–ल्याटिन अमेरिकन चेम्बरसँगको सम्बन्धबाट नेपाल चेम्बरको सम्बन्ध सिधैँ ल्याटिन अमेरिकासम्म पुग्ने विश्वास व्यक्त गरे ।
इन्डो–ल्याटिन अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष शर्माले उक्त समझदारीबाट नेपालले आफ्नो संस्थामार्फत व्यापारिक फाइदा मात्र होइन, सामाजिक र साँस्कृतिक रुपमा समेत जोडिएर ल्याटिन अमेरिकी मुलुकमा नेपालको सँस्कृतिको प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । हालसम्म नेपाल चेम्बरले अन्य देशका ६७ अन्तराष्ट्रिय चेम्बर अफ कमर्ससँग समझदारी गरिसकेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
के हो इजरायलको एन्टी मिसाइल डिफेन्स सिस्टम ?
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार
राज्यसंयन्त्रमा कमजोरीः प्रधानमन्त्रीले तीन मन्त्री र मुख्यसचिवसँग किन गरे छलफल ?
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
असोज १८, २०८१ शुक्रबार
हात्तीको आक्रमणबाट माउतेको मृत्यु
असोज १८, २०८१ शुक्रबार
राहत सामग्री नपाएको बाढीपीडितको गुनासो
असोज १८, २०८१ शुक्रबार
कुमारी बैंकको बिराटनगरमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज १८, २०८१ शुक्रबार
तिरुपतिको प्रसाद लड्डु विवादमा प्रदेश सरकारको एसआईटीलाई सर्वोच्चद्वारा खारेज
असोज १८, २०८१ शुक्रबार
भृकुटीमण्डपमा ‘हिमालयन इन्टरनेशनल एक्सपो’ शुरू ( फोटो फिचर )
असोज १८, २०८१ शुक्रबार
मनाङमा पर्यटकको चहलपहल बढ्यो
असोज १८, २०८१ शुक्रबार