महाशिवरात्रिमा पशुपति विकासद्धारा ३२ लाख खर्च, छ वर्गका ३०० साधुसन्तको बिदाई
इन्द्र रिजाल
फागुन २२, २०७५ बिहिबार २:३०:२४
काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई बुधबार दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित छुट्टाछुट्टै बिदाइ गरेका हुन् । साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र धुनीको व्यवस्था संस्थान र कोषले गरेका थिए ।
गुठी संस्थानले श्रीमहन्त, थानापति, श्रीदिगम्बर, लालमोहर, नागा र महापुरुष गरी छ वर्गका नागाबाबालाई रु एक हजार ३०० देखि रु एक हजार ८०० सम्म दक्षिणा दिइएको साधु सन्त बिदाइ समिति संयोजक हरिप्रसाद जोशीले जानकारी दिए । छ वर्गका ३०० नागा बाबालाई बिदाइ गरिएको उनले बताए ।
अन्य महन्तमा मठाधीशलाई रु ९५१, सामान्य सन्तलाई रु ५५१ र सन्तको भेषधारीलाई रु ३५१ दक्षिणा दिइएको हो । यस्ता सात हजारसहित जम्मा सात हजार ३०० सन्तलाई बिदाइ गरिएको हो ।
संस्थानले साधुसन्त बिदाइका लागि रु १९ लाख बजेट छुट्याएको थियो । कोषले चार हजार ५०० सन्तलाई बिदाइ गरेको छ । कोषले पाँच वर्गमा विभाजन गरी साधुलाई बिदाइ गरेको सदस्य सचिव डा प्रदीप ढकालले बताए । साधुसन्त बिदाइकै लागि कोषले रु १३ लाख बजेट छुट्याएको जनाइएको छ ।
महाशिवरात्रिमा पशुपतिनाथमा दर्शनका लागि आएका साधुसन्तलाई पशुपति राममन्दिर, मृगस्थलीको गोरखनाथ मन्दिर, पशुपतिस्थित निर्मल अखडा, भष्मेश्वर, उमाकुण्ड, अन्नपूर्ण भण्डार, कालमोचनघाटको राममन्दिर, पुडाक्षी अखडा, सन्न्यासी अखडा र गोरखनाथ अखडामा साधुसन्तलाई राखी खाने, बस्ने एवम् धुनीका लागि काठको व्यवस्था गरिएको थियो ।
महाशिवरात्रिका लागि भारतवर्षका विभिन्न स्थानबाट आएका साधुसन्तलाई फागुन शुक्ल प्रतिपदाका दिन दक्षिणासहित बिदाइ गर्ने प्राचीन परम्परा रहेको जनाइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार
जनताको पक्षमा काम गर्न नसकेका दलहरुका शीर्ष नेतृत्व छट्पटाउन थालेका हुन् ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार