कपिलवस्तुमा प्रहरीको विशेष अप्ररेशन, स्कुलले बालबालिका त्रसित !
इन्द्र रिजाल
फागुन २३, २०७५ बिहिबार १८:१३:४
कपिलवस्तु । नेकपाका केन्द्रिय अध्यक्ष नेत्र बिक्रम चन्द विप्लवको गृह जिल्ला कपिलवस्तुमा प्रहरीको विशेष अप्ररेशन सुरु भएको छ ।
बुधबारराती नेकपाका कार्यकर्ता कपिलवस्तु शिवराज नगरपालिका वडा नं ९ अन्चलपुर बस्ने वर्ष ३९ का दुर्गा बहादुर रोकालाई प्रहरीले हातियार सहित पक्राउ गरेको वडा प्रहरी इन्चार्ज महेश्वर उपाध्यायले नेपाल बहस डटकमलाई जानकारी दिए ।
इन्चार्ज उपाध्यायका अनुसार पक्राउ परेका रोक्काको घर खानतलसी गर्दा SMG दुई नाल, म्याग्जिन ३थान, ६८ राउन्ड गोलि,च्यनिज पेस्तोल १ नाल , म्याग्जिन र ३ राउन्ड गोलि, एम ज्ञट को १२९ राउन्ड गोलि,वाइरिङ तार त रीमोट समेत बरामद गरिएको हो ।
अझै हातियार रहेको अशंकामा भगवानपुरका शिक्षक यादव चन्दको घरमा प्रहरिले छापा मर्ना जादा स्थानीयले विरोध गरेका थिए । शिवराज बाल मैत्री स्थानीय शासन वडा घोषणा भएकोले बालबालिकाले प्रहरीलाई गाउँ प्रवेशमा रोक लगायका थिए ।
यतिबेला भगवानपुर गाउँ पुरै तनाव पुर्ण रहेको छ। पक्राउ परेका रोक्कालाई छोड्नु पर्छ भन्दै, प्रहरी प्रशासनमा बालबालिकाले मुर्दाबाद लगायतका नारा लगाएका थिए ।
गाउँका स्थानीय र बालबालिकाहरुले नेपाल प्रहरी र शसस्त्र प्रहरीका १ सय ६८ जवानलाई गाउबाट करिब एक किलोमिटर पछि सम्म हट्ना बध्य बनाएका छ्न ।
प्रहरीले भगवानपुरको ५ घरमा खानतलासी समेत गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख उपाध्यायले बताए । अझै गाउको केही घरमा खानतलासी गर्न जादा गाउले तथा विद्यार्थिले विरोध गरेपछी हामी पछी हाटेको उनले बताए ।
प्रहरी अझै भगवानपुर नजिकै रहेको सुन्दरी डाडा चौकीमा तैनाथ रहेको छ । प्रहरिको फौज देखेर स्थानीय त्रशीत समेत भएका छन ।
कपिलवस्तुमा गोली चलेकै होइनः वडा प्रहरी प्रमुख उपाध्याय
प्रत्यक्षदर्शीका अनसार शिवराज नगरपालिका गोली नचलेको बताइएको छ । प्रमुख उपाध्याय भन्छन, हामीले जिल्लामा विशेष अप्रेरेशन सुरु गरेका छौ । गोली नै चलेको चाहि होइन ।
विशेष अभियान अनुसार केही हातहतियार तथा खरखजना बरामत गरेका र्छौ, शिवराजमा त्यस्तो केही छैन । यस सम्बन्धि थप विवरण आउन बाँकी नै छ ।
जिल्लाले ठाउँ ठाउँमा अप्ररेशन टोली खटाएको छ गोली चलेको हो होइन थप विवरण आउन बाँकी रहेको प्रमुख उपाध्यायले बताएका छन् । नगरपालिकामा गोली चलेको खबर पछि अहिले स्कुलले बालबालिका त्रसित भएका छन् ।
याे पनिः
कपिलवस्तुमा गोली चल्यो : विप्लब नेतृत्व नेकपाका कार्यकर्ता घाइते !
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपद्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार