तपाईलाई मधुमेह भएको छ ? थाहा पाउनुस कस्तो खाने कुरा खानु उपयुक्त हुन्छ !
इन्द्र रिजाल
फागुन २४, २०७५ शुक्रबार १६:१०:८
काठमाडौं । पछिल्लो समय धेरैजसो मानिस मधुमेहको समस्या भएर अस्पताल पुग्ने गर्छन् । हाम्रो शरीरमा अधिकांश रोग हाम्रै जीवनशैलीका कारण लाग्ने गर्छन् ।
सन्तुलित खानपान, नियमित व्यायाम गरेको खण्डमा मधुमेहबाट बच्न सकिन्छ । मधुमेह रोग लागेकाले खानेकुरामा अत्यन्तै ध्यान दिनुपर्छ । मधुमेह लागेकाले खानामा ध्यान दियो भने बिस्तारै यो नियन्त्रण हुँदै जान्छ ।
अब जानौँ, मधुमेह रोगीले खाने खानाबारे:
१.मधुमेह रोगीले कार्बोहाइड्रेटयुक्त खाना जस्तै स् भात, आलु कम मात्रामा खाने गर्नुपर्छ । त्यस्तै, बोसो वा चिल्लो पनि कम खान आवश्यक छ । त्यस्तै, रातो मासु सकभर नखाने र खानैपरे पनि ज्यादै कम मात्र खानुपर्छ । बरु अन्डा र ताजा माछा ठीक मात्रामा खान सकिन्छ ।
२.ताजा सागसब्जी, बन्दा, काउली, काँक्रो, भन्टा, साग, गोलभेडा, मुला, गाँजर, प्याज र फलफूल प्रशस्त मात्रामा खाने गर्नुपर्छ । अमिलो अचार भने सकभर नखाँदा राम्रो ।
३.तरकारीको झोल, सुप आदिजस्ता झोलीय पदार्थ बढी खानुपर्छ । त्यस्तै, नुन कम खान आवश्यक छ भने चिनी कम भएको चिया वा कफी कम मात्रामा
पिउन सकिन्छ ।
४.धेरै रेसादारयुक्त गहुँ, मकै, कोदो, फापरजस्ता खाना खानु राम्रो हुन्छ । धानबाट तयार हुने भात, चिउरा आदिको सट्टा गहुँ, मकैजस्ता अन्य खानामा कार्बोहाइड्रेटको मात्रा तुलनात्मक रूपमा कम हुने हुँदा त्यसतर्फ ध्यान पु९याउनु उचित हुन्छ ।
५. दाल मज्जाले खान सकिन्छ । भात खानै नहुने त होइन, तर कोदो, मकै आदिबाट निर्मित खानेकुरा ढिँडो, रोटी खाँदा शरीरमा कार्बोहाइड्रेटको मात्रा केही कम भई रगतमा चिनीको मात्रा पनि कम हुन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविदेश पढ्न जाने नेपालीको संख्या बढ्दै, ५ महिनामा मात्रै ४७ अर्ब ३४ करोड खर्च
माघ ४, २०८१ शुक्रबार
यस वर्षको एसईई चैत ७ गतेदेखि सुरु हुने, यस्तो छ परीक्षा तालिका
माघ १, २०८१ मंगलबार
जिल्लामा एमबीबीएस पठनपाठन सुरू भएपछि झापावासी हर्षित
पुष २९, २०८१ सोमबार
महिला यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा इनड्राइभ चालक पक्राउ
नेपालबहस संवाददाता
माघ ८, २०८१ मंगलबार
एसपी बढुवामा सिनियर र जुनियर ब्याचबीच प्रतिस्पर्धा, शक्तिकेन्द्रतिर सुरु भयो दौडधुप
माघ १०, २०८१ बिहिबार
कञ्चनपुरमा प्रहरी जवानले गरे आफैंमाथि गोली प्रहार, अवस्था नाजुक
माघ ९, २०८१ बुधबार
असनमा आगलागीबाट रु ३५ लाखको क्षति
माघ १०, २०८१ बिहिबार
सप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
नागढुंगाबाट ब्राउनसुगरसहित एक भारतीय गरी ३ जना पक्राउ
माघ १०, २०८१ बिहिबार
सभापति कप फुटबलः संकटा क्लब विजयी
माघ १०, २०८१ बिहिबार