सरकार–सीके राउतबारे रावल–यादवले खोले यस्तो राज, अफ्ठ्यारोमा बालुवाटार–खुमलटार
इन्द्र रिजाल
फागुन २५, २०७५ शनिबार १९:२९:४५
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावल र राष्ट्रिय जनता पार्टी (नेपाल)का नेता राजकिशोर यादवले देश टुक्र्याउने अभियानमा लागेका सीके राउतलाई सरकारले बैधानिकता दिएको भन्दै आपत्ति जनाएका छन् ।
सीके राउतले संघीयतालाई कमजोर बनाउने अभियान चलाएको तथा देश टुक्र्याउने अभियानमा सक्रिय रहेको भन्दै उनीहरूले षड्यन्त्रको पर्दाफास भएको बताए । नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै रावल र यादवले सहमति पत्रमा रहेका कतिपय बुँदा र शब्द अपात्तिजनक रहेको बताए ।
नेकपाका नेता भीम रावलले सीके राउतसँग भएको ११ बुँदे सहमतिअनुसार अब देश टुक्र्याउने अभियान खुलमखुला रुपमा हुने बताए । उनले दुई तिहाइको बलियो सरकारले सीके राउतलाई बैधानिकता प्रदान गरेको भनदै आक्रोश व्यक्त गरे । उनले सीके राउतसँग नेकपाका ठूला नेता र सरकार नै चुकेको बताए ।
‘स्वतन्त्र मधेस भनिएको छ । नेपालमा स्वतन्त्र मधेस छैन । किन यो शब्द राखियो ?’, रावलले भनेका छन्, ‘देश टुक्र्याउँछु भनेर हिँडेको व्यक्तिसँग वार्ता गर्नु नै गलत थियो । वार्ता गर्नु नै थियो भने देश टुक्र्याउने अभियान गतल थियो भनेर सीके राउतले किन भनेनन् ?’
प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापाले आफ्नो मर्यादा र हैसियत भुलेर सीके राउतलाई हिरो मानेर महत्व दिनु गलत भएको रावलले बताए । ‘सीके राउत कुनै हिरो होइन । देश टुक्र्याउँछु भनेर हिँडेको व्यक्ति हो’, उनले भने, ‘प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री आफैले सीके राउतलाई यति ठूलो महत्व दिनुको अर्थ के हो ?’
रावलले सीके राउतलाई प्रधानमन्त्री स्वयंले कुनै हिरो जसरी प्रशंसा गर्नु गलत भएको बताए । ‘प्रधानमन्त्री जस्तो व्यक्तिले देश टुक्र्याउने अभियानमा लागेको व्यक्तिको प्रशंसा गर्नु हुँदैन थियो । गम्भीर गल्ती भएको छ’, उनले भनेका छन् ।
कसैले पहिचान नै नगरेको सीके राउत र उनको अभियानलाई नेपाल सरकारले शुक्रबारबाट पहिचान दिएको नेता रावलले आरोप लगाए । रावलले हिरासतमा आफ्नो कालगतिले मरेका व्यक्तिलाई रोजगारी दिने विषय झन् गम्भिर रहेको बताए ।
‘बर्दियाका एकजना सीके राउतका कार्यकर्ता हिरासतमा मरेका थिए । उनको परिवारलाई मानवताको हिसावले क्षतिपूर्ति दिइनु ठीकै हो’, उनले भने, ‘तर देश नै टुक्र्याउँछु भनेर हिँडेको व्यक्तिको परिवारलाई रोजगारी दिने सहमति गर्न मिल्छ । भोलिका दिनमा अपराधिमाथि खुसी लाग्यो भने जे पनि गर्ने ? देश टुक्र्याउनेलाई झन् प्रोत्साहन दिने काम सरकारले गरेको छ ।’
देश टुक्र्याउने अभियानमा लागेका सीके राउतसँग गरेको ११ बुँदे सहमतिको मसी सुक्न नपाउँदै सरकारी पक्षले खण्डन गर्दै हिँड्नु परेको नेता रावलले बताए ।
राजपाका नेता राजकिशोर यादवले सीके राउत र वर्तमान कम्युनिस्ट सरकारको चरित्र उदाङ्गो भएको बताए । ‘सीके राउत र केपी ओली संघीयतालाई असफल बनाउन हिँडेका व्यक्ति हुन्’, उनले भने, ‘ओली समक्ष सीके राउतले आत्मसर्मपर्ण गरेका छन् । कहाँबाट परिचालित थियो भन्ने कुरा प्रष्ट देखिएको छ ।’
सीके राउतले जहिले पनि संघीयतालाई बद्नाम गर्न खोजेको आरोप यादवले लगाए । उनले भने, ‘केपी ओली र सीके राउतको धार एउटै हो । जनमत संग्रहको कुरा गरेर सीके राउतले भ्रम फिजाइ रहेको छ । सरकार सीके राउतसँग सहमति गरेर आफ्नो चरित्र देखाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सरकार सञ्चालन र नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार