२७ नातीनातिनाकी हजुरआमा बल्ल बनिन् नेपाली नागरिक
इन्द्र रिजाल
चैत १, २०७५ शुक्रबार १६:३५:४९
स्याङ्जा । ईलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले ८३ बर्षिय टिकाकुमारी थापालाई नागरिकता दिलाईदिएका छन् । गल्याङ् नगरपालिका ८ निवासी थापालाई नेपाली नागरिकता दिलाएपछि उनी बल्ल नेपाली नागरिक बनेकी हुन् ।
थापाका श्रीमान नैनासिंह गाहा मगर भारतीय सेनामा कार्यरत रहँदा भारतमै बसोवास गर्दै आएकी थिईन् । नेपाल आइरहेपनि उनले नेपाली नागरिकता लिएकी थिइनन् । २०४० सालमा श्रीमानको मृत्यु भएपछि पनि उनी भारतमै बसोवास गर्दै आएकी थिइन् । ४ छोराकी आमा थापालाई जेठा छोराको नातीले सनाखत गरेपछि नागरिकता दिईएकोे ईलाका प्रशासन प्रमुख शर्माले बताए ।
‘८३ बर्षिय आमालाई नागरिकता दिलाउन पाउदा मलाई आनन्द लागेको छ’ – प्रमुख शर्माले भने :-“आमाले नागरिकताको काम र महत्व नबुझेका कारण नागरिकताबाट बन्चित भएको हुनुपर्छ । आमाको सबै कुरा बुझे, तिन पुस्ता खुल्ने कागतजात सबै मिलेपछि हामीले नागरिकता प्रदान ग¥यौ ” प्रशासन प्रमुख शर्माले भने । यति धेरै उमेरका नागरिकले नागरिकता पाउने सम्भवत स्याङ्जामै पहिलो भएको अनुमान शर्माको छ । नागरिकता पाएपछि थापाले मतदाता नामावलीमा समेत फोटो खिचाएकी छन् । ८३ बर्षिय थापाले अहिलेसम्म नेपालमा मतदानसमेत नगरेको उनका नाती धनबहादुर गाहाले बताए ।
५ छोरी ४ छोरा मध्ये थापाले १ बर्षको अन्तरालमा ठुलो छोरा गुमाएकी थिइन् । अन्य ३ छोरा भने अहिले पनि थापाकै काखमा रहेका छन् । लज्जालु स्वाभाव भएपनि हसिँलो मुहार देखाईरहने थापा नागरिकता पाउदा भने उनी निकै खुशी भएकी थिइन् । १९९२ साल जेष्ठ २४ गते जन्मेकी थापालाई उनका जेठा छोराका जेष्ठ छोरा धनबहादुर गाहाले सनाखत गरेका थिए । हजुर आमाको नागरिकता किन नबनाई दिएको भन्ने संचारकर्मीको प्रश्नमा थापाका नाती गाहाले भने,“नेपाल आउने जाने भएपनि भारतमै बसोवास गर्दै आउनु भयो नागरिकताको खाँचो पनि परेन अनि बनाएनौ ।” अहिले अब नेपालमै बसोवास गर्ने गरी आएपछि नागरिकताको आवश्यकता पर्ने देखेर नागरिकता बनाउन ल्यायौ नातीले भने ।
अहिलेसम्म कुनै रोग नलागेकी थापा मज्जासगँ हिडडुल गर्नसक्ने अवस्थामा छन् । छोरा र छोरी तिर गरेर उनका २७ नातीनातिना रहेको परिवारले जनाएका छन् । उनले प्राप्त गरेको नागरिकताको नम्वर ०५०६० रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
गाउँपालिका उपाध्यक्षले तोडफोड गरिन् सरकारी गाडी
पुष २१, २०८१ आइतबार
सरकारको स्थायित्वका लागि एमाले र कांग्रेसबीच सत्ता सहकार्यः उपप्रधानमन्त्री सिंह
पुष २१, २०८१ आइतबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको घाँसे मैदान
पुष २१, २०८१ आइतबार
घाममा सुकाइएको कच्चा प्लाई उठाउँदै मजदुर
पुष २१, २०८१ आइतबार