सभापति देउवालाई महासमिति सदस्यबाट विशेष महाधिवेशन आब्हानको खतरा !
इन्द्र रिजाल
चैत ३, २०७५ सोमबार ३:१:२६
काठमाडौं । नेपाली कांग्रेसका सभापति एबम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई महासमिति बैठकले निर्णय गरेका विषयलाई समेटेर विधान संशोधन गरी तयार गर्ने दवाव बढेको छ ।
महासमितिमा उठेका विषयलाई बेवास्ता गर्दै देउवा पक्षले आफू सुहाउँदो विधान तयार गरेपछि विद्रोह उब्जिने खतरा बढेको छ । ५६ जिल्ला सभापतिहरुले नेतृत्वलाई दवाव दिन यसअघि नै महासमितिको म्यान्डेटअनुसार अगाडि बढ्न चेतावनी दिइसकेका छन् ।
उनीहरुको चेतावनीले विशेष महाधिवेशन बोलाउन सक्ने खतरा उब्जिएको छ । केन्द्रमा आउनका लागि स्थानीयतहदेखि नै जितेर आउनु पर्ने पक्षमा महासमिति छ ।
यो विषयमा जिल्ला सभापतिहरुलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्ष पनि लागिरहेको छ । यसअघि देउवा पक्षले बहुमतका आधारमा निर्णय गर्दा सिटौला र पौडेल पक्षले नोट अफ डिसेन्ट लेखिसकेको छ ।
पर्ख र हेरको अवस्थामा इतर पक्ष
देउवा इतरको पक्ष पर्ख र हेरको अवस्थामा रहेको छ । केन्द्रीय कार्यसमिति बैठकले नै संवोधन गर्यो भने आन्दोलनमा नजाने तर केन्द्रीय कार्यसमितिले केही पनि नगरी जवरजस्ती अगाडि बढ्यो भने विशेष महाधिवेशनका लागि प्रक्रिया अगाडि बढाउने उनीहरुको भनाई छ ।
नेता शोभाकर पराजुलीले ५६ जना जिल्ला सभापतिले सभापतिको विरोध गरेको र त्यसपछि पनि सुनवाइ नभएकाले विशेष महाधिवेशनको चर्चा चलेको बताए । उनले भने, ‘स्वभाविक रुपले चार वर्षे कार्यकाल अनुसार २०७६ को फागुनमा नियमित महाधिवेशन हुनु नै छ । तर सभापति देउवाले एक वर्ष थप समय बढाउने लक्षण ल्याइसकेकाले विशेष महाधिवेशन जोड दिइएको हो ।’
यसको विपक्षमा ५६ जिल्ला सभापतिले पनि विरोध गरेका थिए । स्थानीय तहदेखि चुनेर आउनु पर्नेमा त्यसो नगर्ने बनाउन थालिएको छ । चुनिएर आउँदा सबै क्रियाशिल हुने देखिएको थियो ।’
उनले महाधिवेशन सार्नुपर्ने कुनै कारण नदेखिएको जनाउँदै सोमबारदेखि बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पनि सच्याएन भने देशभरका काँग्रेस कार्यकर्ताहरु जाग्ने बताए । उनले अगाडि भने, ‘१३ औं महाधिवेशनपछि विधानमाथि धमाधम हस्तक्षेप भइरहेको छ । जुन निकै गलत हो । यसले काँग्रेसको अस्तित्व नै समाप्त पार्न सक्छ ।’
त्यसैगरी अर्का काँग्रेस नेता मधु आचार्यले सोमबारको केन्द्रीय समिति बैठकको प्रतिक्षामा रहेको बताए । उनले भने, ‘महासमिति बैठकको निर्णय नै कार्यानवयन हुने आशामा छौं । हाम्रो निर्णयमाथि विश्वासघात भए विशेष महाधिवेशनको आब्हानका लागि पनि जान्छौं ।’
आचार्यले भने , ‘महासमिति सदस्यभन्दा माथि केन्द्रीय सदस्यहरु छैनन् । तसर्थ पराक्रममुखी पार्टी बनाउँ भनेर लागेका हामीहरुलाई अवरोध गर्ने काम नेतृत्वले नगरोस् भन्ने हो ।’ उनले अगाडि थपे, ‘यो मुद्दामा हिजो सहमत छौं भन्ने आज फेरि बेवास्ता गर्ने त मिलेन ।
प्रवक्ता शर्मा के भन्छन्
कांग्रेस केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा भने महासमितिले सहमति गर्न नसकेपछि केन्द्रीय कार्यसमितिलाई जिम्मा दिएकाले सोही अनुसार नै प्रक्रिया अगाडि बढिरहेको बताए ।
उनले सर्वाधिकार केन्द्रीय कार्यसमितिलाई भएकाले कार्यसमितिले मिलाएर नै विधान बनाउने दावी गरेका छन् । उनले बाहिर हल्ला भएका भरमा विशेष महाधिवेशनका कुरा नउठेको बताए ।
महाधिवेशनको प्रक्रिया
अहिलेसम्म विधानमा भए अनुसार ४० प्रतिशत महासमिति सदस्यले माग गर्नासाथ विशेष महाधिवेशन गराउनु पर्ने हुन्छ । त्यसैगरी पदाधिकारीलाई बर्खास्त गर्नुपर्दा २५ प्रतिशत हस्ताक्षर जरुरी हुन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
उपेन्द्रले सभामुखलाई दिए ७ सांसदलाई कारवाही गरेको जानकारी
जेठ ६, २०८१ आइतबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार