बजेट अभावमा भारत र चिन दुवैतिरको रेलमार्ग अलपत्र !
इन्द्र रिजाल
चैत ५, २०७५ मंगलबार १९:४९:३५
काठमाडौं । बहुप्रतीक्षित केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन फिजिबिलिटी स्टडी गर्ने भनिए पनि काम अघि बढ्न सकेको छैन ।
नेपाल र चीनबीचका रेलवे अधिकारीबीच केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गरिने सहमति झण्डै एक वर्षअघि भएको थियो । तर अहिले बजेट अभावका कारण अध्ययन नै हुन सकेको छैन । केपी ओली नेतृत्वको सरकारको ठूला सपनामध्येको एक हो नेपालमा रेलमार्ग बनाउने र रेल चलाउने । केरुङ–काठमाडौं रेलमार्गको चर्चा धेरै भयो । तर काम केही पनि हुन सकेको छैन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केरुङ–काठमाडौं रेलमार्गको फिजिबिलिटी अध्ययन बजेट अभावका कारण हुन नसकेको जानकारी गराएको छ । मन्त्रालयले तत्काल १७ अरव बजेट उपलब्ध भए मात्रै अध्ययन अघि बढाउन सकिने पनि स्ष्ट पारेको छ । चीन सरकारको सहयोगमा प्रि भिजिबिलिटी अध्ययन भने सम्पन्न भइसकेको छ । तर नेपाल सरकार भने मुकदर्शक भएर बस्दा सम्भाव्यता अध्ययन अलपत्र परेको हो ।
सोमबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बजेटको अभावमा वीरगंज–काठमाडौं रेलमार्ग निर्माणका लागि फिजिबिलिटी अध्ययनको कामलाई अघि बढाउन नसकिएको पनि स्पष्ट पारे ।
सो रेलमार्गको प्रि फिजिबिलिटी भारत सरकारको सहयोगमा सम्पन्न गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार केरुङ–काठमाडौं रेलमार्ग निर्माणको फिजिविलिटी अध्ययनका लागि करिव ३५ अरव लाग्ने अनुमान गरिएको छ ।
सचिव अधिकारीले मन्त्रालयले चालू आर्थिक वर्षको हालसम्म ३८ प्रतिशत पूँजीगत खर्च गरेको छ । प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने काममा ढिलाई भएकाले पूँजीगत खर्च अपेक्षा अनुसार गर्न नसकिएपनि अव त्यस कार्यले पनि गति लिने दावी मन्त्रालयको छ ।
केरुङ९काठमाडौं रेलमार्ग करिब ७२ किलोमिटरको हुनेछ । यसमा चारवटा स्टेशनहरु रहनेछन् । रेलमार्गको अधिकांश भाग सुरुङमा हुनेछ । यस्तै ४ किलोमिटर खण्ड पुलमा हुनेछ ।
चिनियाँ कम्पनीले तयार पारेको प्रतिवेदन अनुसार ९९ प्रतिशत सुरुङ र पुलमा रेलमार्ग निर्माण हुनेछ । रेलमार्गको १ किलोमिटर खण्डमात्रै जमिनमा हुनेछ । समुन्द्र सतहबाट केरुङ करिब ३००० फिट उचाईमा पर्छ ।
काठमाडौं करिब १२०० मिटर उचाईमा छ । ओरालोमा रेलमार्ग निर्माण गर्नु आफैँमा चुनौतिपुर्ण मानिन्छ । यसका लागि उच्च प्रविधि आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सानिमा बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदै, वितरण योग्य नाफामा पहिरो
जेठ ८, २०८१ मंगलबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
डोजरमा यात्रा गर्दै श्रमिक
जेठ १०, २०८१ बिहिबार
अल्छि मान्दै कोठामा छिरे कार्यदलका सदस्य, छलफल सुरु
जेठ १०, २०८१ बिहिबार
सुत्केरीले पाउने यातायात खर्च पनि प्रतिष्ठानद्वारा कटौती
जेठ १०, २०८१ बिहिबार
कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति
जेठ १०, २०८१ बिहिबार
कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’
जेठ १०, २०८१ बिहिबार
प्रधानमन्त्रीमा प्रचण्ड रहिरहे भने देशमा अनिष्ट हुन्छ: यादव
जेठ १०, २०८१ बिहिबार