नेपालमा संस्कृत भाषा पढ्न पश्चिमा मुलुकबाट विद्यार्थी आउन चाहेका छन् : आचार्य
इन्द्र रिजाल
चैत ६, २०७५ बिहिबार ०:२०:५८
संस्कृत भाषाको अनुसन्धानमा अक्सफोर्डले सहयोग गर्ने
काठमाडौं । विश्वका उत्कृष्ट १० विश्वविद्यालयमध्येको एक अक्सफोर्ड विश्वविद्यालयले नेपालमा रणनीति नै बनाएर पूर्वीय दर्शन एवं संस्कृतको अध्ययन अनुसन्धानमा सहयोग गर्ने भएको छ ।
मङ्गलबारदेखि राजधानीमा शुरु भएको अन्तर्राष्ट्रिय संस्कृत सङ्गोष्ठीमा आफ्ना विचार राख्दै अक्सफोर्ड विश्वविद्यालयमा संस्कृत प्राध्यापनरत नेपाली मूलका प्राध्यापक दिवाकर आचार्यले आफू यसको पूर्वाधार निर्माणकै लागि गृहकार्य गर्न हाल नेपाल आएको बताए ।
संस्कृतमा रहेका ज्ञान–विज्ञानलाई बाहिर ल्याउन यो अवसर हुने भएकाले सहयोग गर्न उनले गोष्ठीका विद्वानसँग आग्रह पनि गरे । “२०० वर्षअघि सम्म सबै ज्ञान संस्कृतमै थियो, संस्कृतमा भएका शिल्पकला, वास्तुकलामा हाल कसैको ध्यान जान सकेको छैन, एउटा न्यातपोल मन्दिर निर्माणकै विषयको एक हजार ५०० पृष्ठको दस्तावेज राष्ट्रिय अभिलेखालयमा छ, तर त्यसका पाठक छैनन्, ज्ञान पुस्तकमै थन्केर बसेको छ,” उनले भने ।
योग र आयुर्वेदलाई व्यवस्थित रुपमा अध्यापन गराए धेरै देशका विद्यार्थीले नेपालमा पढ्न आउने इच्छा देखाएको प्राध्यापक आचार्यले सुनाए । जर्मनी, जापान हुँदै हाल बेलायतमा संस्कृत पढाउन पुग्दा धेरै देशका विद्यार्थीले पूर्वीय दर्शनका धेरै विषयको अध्ययन यहीँ आएर गर्न चाहेको सुनाउँदै उनले त्यसको वातावरण बनाउने काम सरकारको हो ।
अमेरिकाको सेन्ट्यागो विश्वविद्यालयमा तन्त्रका प्राध्यापक डा स्थानेश्वर तिमल्सिनाले अरू देशका प्राध्यापकले जति निष्ठाले त्यसअनुरुपको शिक्षण प्रणालीको विकास हुने क्रम कम हुँदै जाँदा नेपालमा संस्कृतलगायत समग्र शिक्षाकै स्तर खस्किएकोतर्फ सरोकारवाला निकायको ध्यान जानुपर्ने बताए ।
संयुक्त राष्ट्र सङ्घका लागि पूर्वस्थायी प्रतिनिधि डा जयराज आचार्यले नेपालमा योग र आयुर्वेद अध्यापनका लागि उपयुक्त केन्द्रको स्थापना हुनुपर्नेमा जोड दिए । विवेकानन्द सांस्कृतिक संस्थानका निर्देशक प्रा डा केदारनाथ शर्माले संस्कृतको विकासका लागि अध्ययन अनुसन्धान केन्द्रको स्थापना गरिनुपर्ने बताए ।
दोस्रो दिनको कार्यक्रममा प्रा डा माधव भट्टराईले ‘नेपाल–भारतको चिन्तन प्रणालीमा संस्कृतको प्रभाव’, प्रा भीमप्रसाद खतिवडाले ‘संस्कृत नाटक लेखन परम्परा’, प्रा डा साम्बराज आचार्यले ‘नेपालको ज्योतिष परम्परा’, आमोदवद्र्धन कौडिन्न्यायनले ‘संस्कृतमा योग र आयुर्वेद परम्परा’ लगायत विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
बिहीबारसम्म चल्ने गोष्ठीमा नेपाल र भारतका गरी ५०० भन्दा बढी विद्वान्को सहभागिता छ । कार्यक्रममा उठेका विषयवस्तुलाई समाहित गरी घोषणापत्र जारी गरिने जनाइएको छ । कार्यक्रममा वासुदेवकृष्ण शास्त्रीले फागु पूर्णिमाको महत्वका बारेमा प्रकाश पारेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउने गरी संविधान संशोधन हुन्छ : देउवा
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
नेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
गौतम अडानीमाथि लगाइएको आरोप अदानी समूहले खारेज गर्यो, भन्यो- यी आरोप निराधार छन्
मंसिर ६, २०८१ बिहिबार