नेपालमा लागुऔषधको विगविगी, यस्तो छ प्रहरीको तथ्याङ्क
इन्द्र रिजाल
चैत ६, २०७५ बिहिबार ४:५१:२०
काठमाडौं । नेपालमा पछिल्ला वर्षहरुमा लागुपदार्थ ओसारपसार र यसका प्रयोगकर्ताहरुको संख्या तिव्र गतिमा बढि रहेको छ । नेपालका ७७ वटै जिल्लाका प्रहरी कार्यालयको तत्थ्याङक हेर्ने हो भने लागुऔषधका मुद्धाहरुको ठुलै चाङ देखिन्छ । प्रहरीका अनुसार नेपालमा पछिल्ला ५ वर्षमा लागुऔषधका घटनाहरुले झनै उचाई लिएको छ ।
सन् २०१४ देखि २०१८ सम्मको ५ वर्षको अवधिमा लागुऔषधमा संलग्न विदेशी सहित १८ हजार भन्दा बढी मानिस पक्राउ परिसकेका छन् । नेपालभरि यस अवधिमा १८ हजार भन्दा बढी लागुऔषध प्रयोगकर्ता तथा ओसारपसारमा संलग्न पक्राउ परेको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको रेकर्डमा उल्लेख छ ।
सन् २०१४ मा दुई हजार ९ सय १८ जना, सन् २०१५ मा दुई हजार ६ सय ५६, सन् २०१६ मा तीन हजार ६ सय ९६, सन् २०१७ मा तीन हजार ९ सय ४१, सन् २०१८ मा चार हजार ८ सय ९८ जना, सन् २०१९ सुरु भैससके पश्चात पनि यो सँख्यामा थपिदै गएको छ ।
लागुऔषधको कारोबार गर्दै गर्दा पक्राउ पर्नेमा नेपाली सहित भारतीय, क्यानेडियन, फ्रान्सेली र चिनीयाँ लगायत देशका नागरिक समेत रहेका छन् जसमा भारतीय नागरिकको संख्य धेरै रहेको प्रहरीको तथ्यांक छ ।
भारतसँग खुला सीमाका कारण अन्तराष्ट्रिय लागुऔषध तस्करले नेपाललाई तस्करीका लागि ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्ने गरेका छन् । पेरु, ब्राजिल, लगायतका ल्याटिन अमेरिकी महादेशका अधिकांस राष्ट्रबाट नेपालमा कोकिन र हेरोइन आउने गरेको प्रहरीको अनुसन्धानले बताउछ ।
प्रहरीका अनुसार ती कोकिन र हेरोइन नेपालमा प्रयोग हुने भन्दा पनि छिमेकी मुलुक भारत, चीन, सिङ्गापुर, थाइल्यान्ड, हङ्कङ, मलेसियालगायतका पूर्वी एसियाका मुलुकमा तस्करी हुने गरेकोे छ । नेपालमा भने गाँजा, चरेस जस्ता पदार्थ तथा नरफिन, फेनारगन, डाइजापाम, बुफ्रिनोफाइनजस्ता औषधिजन्य लागुऔषधको प्रयोग बढी हुने गरेको लागुऔषध नियन्त्रण ब्युरोको रेकर्ड छ ।
लागुऔषधका लागि नेपालका भारतसँग सिमाना जोडिएका जिल्लाहरु विशेष हब बन्दै गएको प्रहरीको तत्थ्याङकले देखाउछ । लागुपदार्थ ओसारपसारकालागि पछिल्लो समय तराईको सप्तरी जिल्लापनि मुख्य हव बन्दै गएको पाईन्छ ।
प्रहरीको रेकर्ड हेर्नेहो भने यस जिल्लामा लागुऔषधका घटनाको ठुलै चाङ छ । खुला सीमाकै कारण तराईका अधिकांस जिल्लामा लागुऔषध प्रयोग कर्ता र कारोबारीको संख्या ह्वत्तै बढेको दाबी प्रहरीको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
ऐतिहासिक स्थल पञ्चदेवल
जेठ ४, २०८१ शुक्रबार
जानकी मन्दिरमा भक्तजनहरूको भिड
जेठ ४, २०८१ शुक्रबार
बालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया रोग होइन, अवस्था हो’
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
संसद भवनमा विपक्षी दल, सिंहदरबारमा सत्ता पक्ष
जेठ ४, २०८१ शुक्रबार