काभ्रे गोली काण्डबारे विप्लव समूह बोल्यो
इन्द्र रिजाल
चैत ७, २०७५ शुक्रबार ०:२:२१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका स्थायी समिति सदस्य एवं मध्य केन्द्रिय कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले मंगलबार साँझ काभ्रेको रोशी गाउँपालिकास्थित काफलडाँडामा आफ्नो तर्फबाट गोली नचलेको दावी गरेका छन् ।
बिहीबार एक विज्ञप्ती जारी गर्दै ‘सुदर्शन’ ले प्रहरीले भनेजस्तो आफ्ना कार्यकर्ताले पहिले नै गोली चलाएको र प्रहरीले जवाफी फायरिङ्ग गरेको कुरा असत्य भएको दाबी गर्दै भनेका छन्, ‘निःशस्त्र अभियानकर्मीले पहिले नै गोली चलाएकाले प्रहरीले जवाफी गोली चलाएको बकवास गरेको छ, यो झुट्टा बकवासले जनयुद्धकालमा लगाइएको सङ्कटकाललाई स्मरण गराएको छ ।’
प्रहरी तथा कुनैपनि सुरक्षा निकायमाथि आक्रमण गर्ने नेपाल कम्युनिष्ट पार्टीको नीति नरहेको उल्लेख गर्दै ‘सुदर्शन’ ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दलाल पुँजीवाद विरुद्ध हाम्रो आन्दोलन चलिरहेको अवस्थामा प्रहरी आफैँले एकतर्फी गोली चलाएर जवाफी कारवाही गरेर बकवास गरेको छ ।’
प्रहरीले गोली प्रहार गरेर चार जना नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव समूह’का कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।मंगलबार साँझ रोशी गाउँपालिकाको काफलडाँडाबाट झापा स्थायी घर भएका शिव धिमाल र सिन्धुपाल्चोकका विशाल तामाङ, भोजपुरका डिकेन्द्र राई र दाङका नुम बहादुर विकलाई नियन्त्रणमा लिएको थियो ।
महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरी उपरिक्षक ‘एसपी’ सोमेन्द्रसिंह राठौरले विप्लवका कार्यकर्ताले पहिले गोली चलाएको हुनाले आफ्नो टोलीले जवाफी फायरिङ्ग गरेको दाबी गर्दै बुधबार विज्ञप्ती प्रकाशन गरेका थिए ।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले ६ थान मोबाइल, चार्जर र सांस्कृतिक क्रान्तिको दस्तावेज बरामद गरेको थियो । महाशाखाको टोलीले विप्लवका कार्यकर्ता पक्राउ गर्न चार राउण्ड गोली चलाएको थियो ।
अपराध महाशाखाको टोलीले मंगलबार बिहान काठमाडौंमा समातिएका भोजपुरका डिकेन्द्र राई र दाङका नुमबहादुर विकलाई साथै लिएर काभ्रे पुगेको थियो । पक्राउ परेका विप्लवका कार्यकर्ताले आफन्तहरुसँगको भेटमा प्रहरीले आफूहरुलाई पक्राउ गरेपछि अमानविय ढंगले कुटपिट गरेको तर आफ्नो तर्फबाट गोली नचलेको बताएका छन् ।
पक्राउ परेकाहरु फागुन १० गते नख्खुस्थित एनसेल मुख्यालय र फागुन २४ गते बसुन्धारास्थित रोहन गुरुङको घरमा शक्तिशाली बम विष्फोट गराउने समूहका सदस्यहरु रहेको महानगरिय अपराध महाशाखाले जनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार