लण्डनमा ब्रेक्जिट विरोधीद्वारा भव्य प्रदर्शन
इन्द्र रिजाल
चैत १०, २०७५ आइतबार १६:४८:४९
काठमाडौं । ब्रेक्जिटबारे अन्यौल कायम रहेका समय संयुक्त अधिराज्य (बेलायत) मा यूरोपियन यूनियनबाट बेलायत बाहिरिनु हुन्न भन्ने समूहद्वारा ब्रेक्जिट बिषयमा अर्को जनमत सङ्ग्रहको माग गर्दै भव्य प्रदर्शन गरेका छन् ।
इयूबाट बेलायतको बहिर्गमन हुनुहुन्न भन्ने पक्षका ठूलो समूहमा राजधानी पुगेका समर्थक लण्डनको हाइड पार्कमा जम्मा भै मध्य लण्डन हुँदै शहरका विभिन्न स्थानमा पुगेका थिए ।
उनीहरूले ब्रेक्जिटको बिषयले राजनीतिक अन्यौलता हुँदा यसको प्रभाव सम्पूर्ण क्षेत्रमा देखिन थालेको दावीसहित सहभागीहरूले यस बिषयमा पुनः जनमतसङ्ग्रहको माग गरेका छन् ।
प्रदर्शनपछि बेलायती संसदको बाहिरी क्षेत्रमा जम्मा हुने जनमासलाई स्कटल्याण्डका प्रथम मन्त्री निकोला स्टर्जियन, लण्डनका नगर प्रमुख सादिक खान र प्रतिपक्षी लेबर पार्टीका उपनेता टम वाटसनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
ब्रेक्जिटको विपक्षमा भएको बृहद् जनप्रदर्शनको पूर्वसन्ध्यामा पछिल्लो राजनीतिक अन्यौलबारे बोल्दै खानले भने, ब्रेक्जिट पूर्ण तथा अत्यन्त भद्रगोलको अवस्थामा पुगेको छ । त्यसैले आफूहरूले यसबारे नयाँ निर्णय लिन जनदवाव सिर्जना गर्ने बताए ।
प्राप्त जानकारी अनुसार बेलायतको राजधानी लण्डनमा केही दशक यताकै ठूलो भनिएको प्रदर्शन बेलायतलाई इयूबाट छुट्याउने बिषयमा पुनः विचारका लागि जनतामा जान दवाव दिन आयोजना गरिउको खानले बताए । एजेन्सी
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपट्रम्पको राष्ट्रपति अभियान अदालतको आदेशमा निर्भर, अर्को साता फैसला आउँदै
जेठ ११, २०८१ शुक्रबार
ताइवानलाई घेरा हाल्दै चीनले गर्यो अहिलेसम्मकै ठूलो युद्ध अभ्यास
जेठ १०, २०८१ बिहिबार
राष्ट्रपति चुनावमा ट्रम्पलाई भोट दिन्छु : निक्की हेली
जेठ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
सीता एयरको जहाजमा ठोक्किएर घाइते भएका भामलाई नेपालगञ्ज लगियो
जेठ १०, २०८१ बिहिबार
कैलाश सिरोहियालाई म्याद थप गर्न अदालत लगिँदै
जेठ ११, २०८१ शुक्रबार
बेइजिङमा प्रार्थना सभा गरी बुद्ध जयन्ती मनाइयो
जेठ ११, २०८१ शुक्रबार
संसद् भवनमा विपक्षी दलहरु छलफलमा जुटे
जेठ ११, २०८१ शुक्रबार
राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल
जेठ ११, २०८१ शुक्रबार
आर्थिक मन्दीले मकवानपुरमा तीन सय ७४ साना उद्योग बन्द
जेठ ११, २०८१ शुक्रबार
ट्रम्पको राष्ट्रपति अभियान अदालतको आदेशमा निर्भर, अर्को साता फैसला आउँदै
जेठ ११, २०८१ शुक्रबार