ड्याट्सन गो कारको नयाँ मूल्य सार्वजनिक, न्यूनतम मुल्य कति ?
इन्द्र रिजाल
चैत ११, २०७५ सोमबार १४:३३:३३
काठमाडौं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा. लि. ले नेपाली बजारमा ड्याट्सन गो गाडीको नयाँ खरिद मूल्य सार्वजनिक गरेको छ । यी गाडीहरु सुनसरी जिल्लाको आधिकारीक विक्रेता ओम साई मोटो कर्प प्रा. लि. को ईटहरीले एक कार्यक्रमकाबीच आईतबारदेखि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काको हातबाट लन्चिङ गरिएको हो ।
ओम साई मोटो कर्प प्रा. लि. का प्रवन्ध निर्देशक पारसमणि गेलालका अनुसार गाडी रु २४.९९ लाखबाट प्रारम्भ हुनेछ । यस गाडीका विभिन्न ३ मोडेलहरु GO, GO A (O), GO T / GO T(O) नेपाली बजारमा उपलब्ध रहेका छन् ।
नयाँ ड्याट्सन गो गाडीमा अभूतपूर्व विशेषताहरु रहेका छन् यसमा विद्यमान रहको विशेषता र आरामदायी, सुरक्षा तथा स्टाइलिसबाट ड्राइभिङ्ग अनुभवको जीवन्तता प्राप्त गर्न सकिने जानकारी गराउदै गेलालले भने “कारले नयाँ युगको लागि जापानिज प्रविधियुक्त इन्जिन, इन्धन किफायती, बस्नको लागि धेरै स्पेस तथा सुरक्षा जस्ता पक्षहरुको सर्वोत्तम प्याकेज प्रदान गरेको र नयाँ ड्यट्सन गो मा २८ विभिन्न विशेषता तथा १००+ अपडेटहरु विद्यमान रहका छन् ।”
फस्टइन सेग्मेन्ट
एनड्रोइड अटोप्ले र एप्पलकार प्लेको साथ ७ इन्चको टच अडियो
१४ इन्चको डाइमन्ड–कट अल्लोइ ह्वील
सेफ्टी प्याकेज– डुयल एयर ब्याग, ABS तथा पार्किङ्ग सेन्सर
वेस्ट–इन–क्लास
१८० एम.एमको ग्राउन्ड क्लियरेन्स
२४५० एम.एम. को ह्वील वेस
२६५ लिटर लगेज स्पेस
४.६ एम टर्निङ्ग रेडियस
नयाँ ड्याट्सन गोमा Ride Control Advanced Suspension system तथा 1.2L HR12 DE पेट्रल इन्जिन रहेको छ जसले प्रतिलिटर १९.८३ किलोमिटर प्रदान गर्ने जानकारी गराउँदै गेलाल ले भने– “बाहिर हेर्दा स्पोर्र्टि तथा भित्र बस्नको लागि धेरै स्पेस भएको, ड्याट्सन कारले कार धनी लाई अतिरिक्त सुरक्षा, वेस्ट–इन–क्लास स्पेस, तथा गतिशीलता प्रदान गर्दछ ।”
ड्याट्सनका बारेमा
निशान मोटर लि. ले मार्च २०१२ मा निशान को तेस्रो अन्तर्राष्ट्रिय ब्राण्डको रुपमा पुनः आगमन भएको हो । ड्याट्सनले निरन्तर आफ्ना ग्राहकहरुलाई मोटरिङ्ग अनुभव प्रदान गर्दै आएको छ । ड्याट्सनले निशानको एक महत्वपूर्ण अंगका रुपमा रही जापानिज कारको ८० वर्षको अनुभवलाई प्रतिनिधित्व समेत गरेको छ ।
ड्याट्सनले भारत, इन्डोनेशिया, रसिया तथा दक्षिण अफ्रिकामा सन् २०१४ देखि विक्रीवितरण गर्दै आएको छ । सन् २०१४ देखि नेपालमा पायोनियर माटो कर्पद्वारा ड्याट्सन कारको विक्री प्रारम्भ गरिएको हो । त्यस्तै गरेर ओम साई मोटो कर्पले सन् २०१८ देखि ईटहरी मा शोरुम प्रारम्भ गरी ड्याट्सन कारको विक्री प्रारम्भ गरेको छ ।
ओम साई मोटो कर्र्प प्रा.लि. को बारेमा
ओम साई मोटो कर्प ड्याट्सन तथा निशान गाडीहरुको ईटहरी, सुनसरीको लागि आधिकारिक विक्रेता हो । कम्पनीले सन् २०१८ को नेभेम्वरदेखि ईटहरीमा शोरुम खोली सेवा दिरहेको छ भने आगामी आर्थिक वर्षदेखि आफ्नो आधुनिक शोरुम र वर्कसपको व्यवस्था गरी ग्राहक वर्गमा अझ आधुनिक सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको लिएको जानकारी प्रवन्ध निर्देशक पारश मणि गेलालले जानकारी गराएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
इ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
फागुन १, २०८० मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार