सीजीको बीप एप सार्वजनिक, एकैपटकमा १० जनाले भिडियो कल गर्नसक्ने
इन्द्र रिजाल
चैत १४, २०७५ शुक्रबार ०:५८:५९
काठमाडौं । चौधरी ग्रुपअन्तर्गत सीजी लाइफसेलले बीप एप सार्वजनिक गरेको छ । यो एपमार्फत एकैपटकमा १० जनासम्मले भिडियो कल गर्नसक्ने भएका छन् ।
विश्वभर साढे तीन करोड प्रयोगकर्ता रहेको यो एपबाट भ्वाइसकल, म्यासेज, डकुमेन्ट आदानप्रदानसँगै विनियम दर, मौसमसम्बन्धी जानकारी, समाचारलगायतका बारेमा जानकारी लिनसक्ने कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।
टर्की, जर्मनीलगायत विभिन्न देशमा प्रयोग गरिँदै आएको यो एप प्रयोगकर्ताले आफ्नो भाषा अनुसारको सेटिङ मिलाएर चलाउन सक्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, एपमा विभिन्न गेम निशुल्क डाउनलोड, लोकेसन शेयर, फलो मी र डिस्कभरी च्यानललगायत विशेषता रहेको पनि कम्पनीले जनाएको छ । बीप एपलाई ल्यापटप र डेस्कटपमा पनि प्रयोग गर्न सकिन्छ ।
कम्पनीका अनुसार एपमा रहेको सरप्राइज पोइन्टमार्फत सेवाग्राहीले विभिन्न आकर्षक उपहार जित्न सक्नेछन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपअस्ट्रेलियासहित अन्य १० देशमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
पुष २३, २०८१ मंगलबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
अब चन्द्रमामा पनि उत्खनन काम हुने, महत्वपूर्ण खनिज पृथ्वीमा ल्याइने
पुष १८, २०८१ बिहिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरेका अध्यादेश सार्वजनिक गरिने
माघ २, २०८१ बुधबार
दोस्रो अभ्यास खेल: नेपाल अमेरिकासँग ५ विकेटले पराजित
माघ २, २०८१ बुधबार
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
माघ २, २०८१ बुधबार
अधिक तरलता घटाउन बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता तान्दै राष्ट्र बैंक
माघ २, २०८१ बुधबार