तीन सय बिघा वन बग्यो, स्थानीयवासीद्धारा कारवाही गर्न माग
इन्द्र रिजाल
चैत २०, २०७५ बुधबार १५:४९:४२
टीकापुर । हाइग्रिभा–सिद्धी शाही- प्रकाश जेभी सामाखुशी काठमाडौंले कर्णाली नदीमा तटबन्धको ठेक्का लिई काम नगरेकाले कारवाही गर्न स्थानीयवासीले माग गरेका छन् । समयमा काम पूरा नगर्दा सत्ती कर्णाली सामुदायिक वन क्षेत्र कटान भएको छ भने लाखौं मूल्यको वेतको जङ्गल बगिसकेको छ ।
रानीजमरा कुलरिया सिँचाइ आयोजनाबाट विसं २०७२ चैतमा एक हजार ७०० मिटर तटबन्धको काम पाएको जेभीले तीन वर्षसम्म करीब ६०० मिटर काम पनि पूरा गरेको छैन । “समयमै तटबन्ध गरेको भए त्यस क्षेत्रको करीब ३०० बिघा वन जोगिन्थ्यो, पोहोर पूरा गरेको भए आठ बिघा वेत वन जोगिने थियो”, सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउदले भने, “यस वर्ष पूरा भएन भने जङ्गल त जान्छ नै बस्ती पनि खतरामा पर्नेछ ।’
तत्काल काम शुरु नगरे निर्माण कम्पनीलाई कालोसूचीमा राखी कारवाही चलाउन र यसैवर्ष तटबन्धको बाँकी काम पूरा गर्न सिँचाइ आयोजनालाई अनुरोध गरेको अध्यक्ष साउदले बताए । स्थानीयका कुरा सुनुवाइ नभए आन्दोलनमा जानुपर्ने बाध्यता रहेको स्थानीय मनिराम ढुङ्गानाले बताए ।
टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले वर्षौँदेखि बाढी प्रभावित भइरहेको वडामा तटबन्ध हुने भएपछि खुशी भएपनि समयमा काम नहुँदा निराश भएको बताए । उनले वडा नं ८ को ९९४ र वडा नं ९ का चार घर प्रभावित हुने जानकारी दिए । हुलाकी राजमार्गमा बनेको कर्णाली पुल पनि खतरामा पर्ने उनको भनाइ थियो ।
ठेक्का लागेको वर्ष २०७२ यता कर्णाली नदीले ३०० बिघा वन क्षेत्र कटान गरिसकेको छ । गतवर्ष तटबन्ध गरेको क्षेत्रमा कटानी रोकिए पनि बाँकी क्षेत्रमा आठ बिघा जति वेतको जङ्गल बगेको वन अध्यक्ष साउदले जानकारी दिनुभयो । तटबन्धमा ससाना ढुङ्गा प्रयोग गरेको र एक तह मात्रै तटबन्ध गरेकाले जाली भत्किन थालेको छ ।
आयोजनाका डिभिजनल इञ्जिनीयर रणबहादुर बमले गत फागुन २५ गते पत्रिकामै सूचना जारी गरिसकेको र फागुन ३० मा सम्पर्कमा आई काम गर्छु भनेको तर कार्यस्थलमा नआइसकेको जानकारी दिए । निर्माण कम्पनीसँग रु १४ करोड नौ लाख १४ हजारको ठेक्का सम्झौता भएकामा रु पाँच करोड १७ लाख २९ हजारको काम भइसकेको र रु एक करोड ७९ लाख पेश्की रहेको आयोजनाका सहायक सूचना अधिकारी शङ्कर थापामगरले जानकारी दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनिःशुल्क सीपमूलक तालिमका लागि ४३ हजार ५८ जनाको आवेदन
जेठ २, २०८१ बुधबार
अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने
जेठ १, २०८१ मंगलबार
सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन, खोजी कार्य जारी
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार
मधेसमा नयाँ सरकार गठन चुनौतीपूर्ण, सत्ताको नेतृत्व गर्न दलहरुबीच हानथाप !
जेठ ४, २०८१ शुक्रबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार